वासिङटन (अमेरिका), ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताउनुभएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।
‘पेरिसमा भएको अर्को आतङ्कवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ’, अमेरिकी राष्ट्रपतिले फ्रान्सको आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई भङ्ग गर्दै ट्वीट गर्नुभएको छ ।
ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक प्रहरीको मृत्यु भएपछिको केही घण्टापछि आएको छ ।
फ्रान्सको राष्ट्रपतिका लागि आइतबार हुने पहिलो चरणको निर्वाचनको सिलसिलामा रक्तपातपूर्ण घटना हुनसक्ने भनी सतर्कता अपनाइरहेका बेला आईएसद्वारा आक्रमण भएको छ । सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन् । पछिल्ला दुई वर्षको अन्तरमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीन जना ले पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?