सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: १८:१७ | UK Time: 13:32

भेनेजुएला जनआन्दोलनमा हिंसात्मक कारबाहीको नौ राष्ट्रद्वारा निन्दा

वीनेपाली
२०७४ वैशाख ९ गते १:१२

तस्विरः एपी

काराकस, ८ बैशाख । भेनेजुएलामा हाल चलिरहेको जनआन्दोलन दबाउने उद्देश्यले सरकारी पक्षबाट भै रहेको हिंसात्मक दमन र जनआन्दोलन बिरुद्ध बिभिन्न प्रदर्शन प्रायोजित भै रहेका छन् ।

यस प्रकारको सरकारी प्रतिरोधात्मक क्रिया कलाप बिरुद्ध नौ ल्याटिन अमेरिकी राष्ट्रहरुले खुलेरै कडा शव्दमा भत्र्सना गरेका छन् ।

नौवटा ल्याटिन अमेरिकी राष्ट्रहरुः अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, मेक्सिको, उरुग्वे, पाराग्वे तथा पेरुका सरकारप्रमुखहरुले भेनेजुएलाको उक्त सरकारी हिंसात्मक दमनको सशक्त निन्दा (इनर्जेटिकल्लि कन्डेम्निङ्ग) गरेका छन् ।

भेनेजुएलामा गत दुई हप्तादेखि जनआन्दोलन र सरकार बिरोधी प्रदर्शनले उच्च गति लिई रहेको र सरकारी दमन पनि त्यत्तिकै तीब्र पारिँदै लगिएको छ ।

बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा बाह्य मुलुकहरुले जनआन्दोलन र बिरोध प्रदर्शन तथा सरकारी पक्षको प्रतिरोधात्मक गतिबिधि शान्तिपूर्ण बनाउन आह्वान गरे ता पनि दुबै पक्ष झन् झन् उग्र बन्दै गै रहेकामा सर्वत्र गहिरो चिन्ता ब्यक्त गरिएको छ ।

बिभिन्न ठूला व्यापारिक घरानाले बिस्तारै आर्थिक वा अन्य रुपले खुलेरै जनआन्दोलनलाई सघाउन थालेपछि आक्रोशित हुनुभएका भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले मोटर गाडी उत्पादक अमेरिकी कम्पनी जनरल मोटर्सको कारखाना बन्द गराई उसका सम्पत्ति जफत गर्ने आदेश दिनु भएको छ ।

सरकारविरोधी प्रदर्शनमा टियर ग्यांसले ढलेकी प्रदर्शनकारी । तस्विरः एपी

त्यस्तै, जनआन्दोलनलाई सघाउन भेनेजुएलाको सैनिक संगठनलाई आह्वान गरी असंख्य एसएमएस सन्देश पठाउने मोबाइल फोन सन्चालक कम्पनी मोविस्टारलाई पनि राष्ट्रपति मदुरोले ूसैनिक बिद्रोहू (कू) को आह्वान गरी राष्ट्रबिप्लव गरेको भन्ने आरोप लगाई तत्काल छानबीन गरी कडा से कडा कारबाही गर्ने आदेश दिनु भएको छ ।

त्यस्तै, स्पेनको लगानी रहेको अर्को मोबाइल फोन सन्चालक कम्पनी टेलिफोनिकाले हरेक दुई दुई घण्टामा दशौंलाख मोबाइल सन्देश पठाई सरकार बिरोधी प्रदर्शनको आगोमा घिउ थप्ने काम गरेको भन्दै राष्ट्रपति मदुरोले उक्त कम्पनीलाई पनि हदैसम्मको कारबाही गर्ने आदेश दिनु भएको छ ।

आन्दोलनकारीहरु तथा बिपक्षी दलहरुलाई राष्ट्रपति मदुरोले राष्ट्रिय सेनालाई भड्काई सैनिक बिद्रोहको तयारी गराउने देशद्रोही वा आततायी तत्वहरु भन्ने आरोप लगाउँदै आउनु भएको छ ।

भेनेजुएला जनआन्दोलनको क्रममा गत बुधबारको बिशाल जनप्रदर्शन र सरकारी दमनमा कम्तीमा तीनजना आन्दोलनकारीको मृत्यु भैसकेको छ ।

यता, जनरल मोटर्सको कारखाना बन्द गराई उसका सम्पत्ति जफत गर्ने आदेशबाट अमेरिकी सरकार रुष्ट भएको छ ।

विगतका पैँतीसबर्षदेखि मोटर उत्पादन गरी अर्बौँ डलर रजश्व बुझाउँदै भेनेजुएलाको अर्थतन्त्रमा योगदान दिँदै आएको कम्पनीलाई बन्द गरी सम्पत्ति समेत जफत गर्ने राष्ट्रपति मदुरोको यो के बौलट्टीपना हो भन्दै अमेरिकी बिदेश मन्त्रालयका अधिकारी मार्क टोनरले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक