लन्डन । मधेश मुद्दा बेलायती संसद हाउस अफ कमन्समा पुगेको छ । बेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै बिहीबार ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी हुन् । उनले गत फागुन २३ गते सप्तरीमा प्रहरीको गोलीले पांचजना मारिनु र अन्य थुप्रै घाइते हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा जान नेपाल सरकारलाई आग्रह गर्नुपर्ने प्रस्ताव गरेको समाचार इकान्तिपुरमा छ ।
लेबर पार्टीकी सांसद क्लाउडी वेल्सको साइनन् क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्छिन् ।
स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभए तराई क्षेत्रमा अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहने उनको प्रस्तावमा छ । तराई क्षेत्रमा सुरक्षाकर्मीबाट मानव अधिकार हनन जस्ता क्रियाकलापका कारण ब्रिटिस संसद चिन्तित भएको जिकिर पनि उनले गरेकी छन् ।
क्लाउडीले प्रस्तावमा राजनीतिक असन्तुष्टिहरुको समाधान खोज्न र नेपाल सरकारलाई हिंसाका घटनाहरुको छानबिन गर्न पनि आग्रह गरेकी छन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने