इस्लामाबाद (पाकिस्तान), ७ वैशाख । पाकिस्तानको उच्च अदालतले प्रधानमन्त्री नवाज शरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै तत्काल सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार भने नदेखिएको बिहीबार निर्णय सुनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शरिफ र उहाँको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले विशेष ध्यानाकर्षण गराएको छ ।
यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्रीमाथिको मुद्दामा बाँझिएको राय दिँदै उहाँलाई सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नभेटिएको तर आरोपबारे छानबिन गर्न आदेश दिएको हो ।
प्रधानमन्त्रीको भ्रष्टाचार आरोपमा गहिरो अनुसन्धान आवश्यक हुने देखिएको न्यायाधीश असिद सैयद खोसाले बताउनुभयो । सुनुवाईमा खटिएका पाँच न्यायाधीशमध्ये दुई न्यायाधीशले प्रधानमन्त्री शरिफलाई बेइमान बताउँदै उहाँ प्रधानमन्त्री रहने नैतिक आधार गुमाएको बताएका थिए । तर उनीहरु बेन्चमा अल्पमतमा परेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद