इस्लामाबाद (पाकिस्तान), ७ वैशाख । पाकिस्तानको उच्च अदालतले प्रधानमन्त्री नवाज शरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै तत्काल सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार भने नदेखिएको बिहीबार निर्णय सुनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शरिफ र उहाँको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले विशेष ध्यानाकर्षण गराएको छ ।
यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्रीमाथिको मुद्दामा बाँझिएको राय दिँदै उहाँलाई सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नभेटिएको तर आरोपबारे छानबिन गर्न आदेश दिएको हो ।
प्रधानमन्त्रीको भ्रष्टाचार आरोपमा गहिरो अनुसन्धान आवश्यक हुने देखिएको न्यायाधीश असिद सैयद खोसाले बताउनुभयो । सुनुवाईमा खटिएका पाँच न्यायाधीशमध्ये दुई न्यायाधीशले प्रधानमन्त्री शरिफलाई बेइमान बताउँदै उहाँ प्रधानमन्त्री रहने नैतिक आधार गुमाएको बताएका थिए । तर उनीहरु बेन्चमा अल्पमतमा परेका थिए ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान