(टोकियो) जापान, ७ वैशाख । जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गर्नुभएको छ । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उहाँले जनाउनुभएको हो ।
एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा गर्नुभयो ।
राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर उहाँले नमस्ते अभिवादन गर्नुभयो । २६ राष्ट्रका राजदूत र अधिकारीका बीचमा नेपालीप्रतिको विश्वास कुनै शब्दमा व्यक्त गर्न नसकिने उहाँले बताउनुभयो ।
हिताचीले स्टलमा राखिएका नेपालीले बनाएका विभिन्न कलाका वस्तु, लत्ताकपडा, चिया तथा खानाको निरीक्षण गर्नुभयो । नेपाली स्टलमा राखिएका सामग्री तथा विभिन्न वस्तुको अवलोकनपछि हस्तकलाका सामग्रीका कला र निर्मित वस्तुको अवस्थाबारे जानकारी गराइएको कार्यवाहक राजदूत अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार अवलोकनपछि राजकुमारी हिताचीले दुई शताब्दीअघि नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पर्यटकीयस्थल, प्राचीन काठमाडाँै र प्यागोडा शैलीमा निर्मित मन्दिर र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्मरण गर्दै हाल कस्तो अवस्थामा छन् ? भनी जिज्ञासा राख्नुभएको थियो ।
सो अवसरमा नेपाली कार्यवाहक राजदूत अर्यालले राजकुमारीलाई मायाको चिनोस्वरुप चाँदीको करुवा प्रदान गर्नुभएको थियो । मेलामा अन्य स्टलमध्ये ममता रहेको भन्दै नेपाली चाँदीको गहना खरिद गर्नुभयो । ५० भन्दा बढी स्टलमध्ये नेपाली राजदूतावासका तर्फबाट हस्तकला सामग्रीअन्तर्गतका पश्मिना, नेपाली चिया र खानासहितका दुई स्टल मेलामा राखिएको थियो ।
नेपाली स्टलमा राखिएका हस्तकलाका सामग्रीअन्तर्गत पस्मिनामा सजाइएका वस्तु र चाँदीका गहनामा राजकुमारी हिताची आकर्षित देखिनुभयो । अवलोकनका क्रममा नेपाली हस्तकलाका सामानमा विशेष चासो राख्नुभएकी राजकुमारी हिताचीले नेपाली आस्थालाई अन्य राष्ट्रले पनि अनुशरण गर्नुपर्नेसमेत बताउनुभएको थियो । मेलामा नेपाली सामग्रीको ५० हजारभन्दा बढीले अध्ययन अवलोकन गरेको बताइएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल