लन्डन । दुई हांस्यकलाकार र एक गायिका बुधबार सांझ लन्डन उत्रिएका छन् । बेलायतका विभिन्न शहरमा नयां वर्ष २०७४ शुभकामना सांझका लागि हांस्यकलाकारद्वय दमन रुपाखेती र पारवन राई (राई बुढा) एवं गायिका कला राई बेलायत आएका हुन् । सोही कार्यक्रमकै लागि गायिका विष्णु चेम्जोङ भने यसअघि नै बेलायत आइसकेकी छन् ।
बुधबार लन्डन उत्रिएका तीन कलाकारलाई स्वागत गर्न आयोजकहरु सुमन अधिकारी र उमेशराज मोक्तान एवं यती वरिष्ठ उपाध्यक्ष शशीधर नेपाल लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
पिस इन्टरटेनमेन्ट यूकेको निमन्त्रणामा चार कलाकार पहिलो पटक बेलायत आएका हुन् । हिथ्रोमा सञ्चारकर्मीसंग कुरा गर्दै कलाकारहरुले आफूहरुको पहिलो बेलायत भ्रमण सफल पारिदिन आग्रह गरे । कार्यक्रम अवधिभर दर्शकलाई हंसाउने र गीतमा नचाउने उनीहरुको प्रण छ । शुभकामना सांझ २१ अप्रिलमा अल्डरसट, २२ अप्रिलमा आसफोर्ड केन्ट र २३ अप्रिल सांझ लन्डन साउथ हयारोमा हुने आयोजकले बताएका छन् । झण्डै महिनादिनमा अन्य शहरमा समेत कार्यक्रम हुने जनाइएको छ ।
यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले २३ अप्रिल आइतबार साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक्लै सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । उनले लन्डनवासी नेपालीलाई कार्यक्रममा आएर मनोरन्जन लिन अनि नयां वर्ष शुभकामना आदानप्रदान गर्न अपिल गरेका छन् ।
तस्विरहरुः शिव भण्डारी
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने