लन्डन । दुई हांस्यकलाकार र एक गायिका बुधबार सांझ लन्डन उत्रिएका छन् । बेलायतका विभिन्न शहरमा नयां वर्ष २०७४ शुभकामना सांझका लागि हांस्यकलाकारद्वय दमन रुपाखेती र पारवन राई (राई बुढा) एवं गायिका कला राई बेलायत आएका हुन् । सोही कार्यक्रमकै लागि गायिका विष्णु चेम्जोङ भने यसअघि नै बेलायत आइसकेकी छन् ।
बुधबार लन्डन उत्रिएका तीन कलाकारलाई स्वागत गर्न आयोजकहरु सुमन अधिकारी र उमेशराज मोक्तान एवं यती वरिष्ठ उपाध्यक्ष शशीधर नेपाल लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
पिस इन्टरटेनमेन्ट यूकेको निमन्त्रणामा चार कलाकार पहिलो पटक बेलायत आएका हुन् । हिथ्रोमा सञ्चारकर्मीसंग कुरा गर्दै कलाकारहरुले आफूहरुको पहिलो बेलायत भ्रमण सफल पारिदिन आग्रह गरे । कार्यक्रम अवधिभर दर्शकलाई हंसाउने र गीतमा नचाउने उनीहरुको प्रण छ । शुभकामना सांझ २१ अप्रिलमा अल्डरसट, २२ अप्रिलमा आसफोर्ड केन्ट र २३ अप्रिल सांझ लन्डन साउथ हयारोमा हुने आयोजकले बताएका छन् । झण्डै महिनादिनमा अन्य शहरमा समेत कार्यक्रम हुने जनाइएको छ ।
यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले २३ अप्रिल आइतबार साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक्लै सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । उनले लन्डनवासी नेपालीलाई कार्यक्रममा आएर मनोरन्जन लिन अनि नयां वर्ष शुभकामना आदानप्रदान गर्न अपिल गरेका छन् ।
तस्विरहरुः शिव भण्डारी
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक