यूके डान्सअफ जेनीलाई युरोपमा अवार्ड


लन्डन । यूके डान्स अफ २०१६ जेनी सुनुवारले युरोपमा आयोजित एक नृत्य प्रतियोगितामा उपाधि जितेकी छन् । जेनीले इन्टरनेशनल नेपलिज आर्टिष्ट असोसिएसनले डेनमार्कको कोपेनहेगनमा आयोजना गरेको ‘इन्टर युरोप डान्स कम्पिटिसन’ जितेकी हुन् । गत १४ अप्रिलमा भएको उक्त प्रतियोगितामा बेलायतबाट इनास यूके प्रतिनिधि पनि सहभागी थिए ।

यूके डान्स अफ आयोजक सपन इन्टरटेनमेन्ट लि. ले जेनीलाई वधाइ दिएको छ । साथै उक्त कम्पनीले यस वर्ष ३० जुलाईमा यूके डान्स अफ प्रतियोगिता आयोजना गर्न लागिएको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री