अङ्कारा (टर्की), ४ वैशाख । टर्कीको जनमत सङ्ग्रह अभियान ‘असमान मैदानमा भएको खेल’ भएको जनमत सङ्ग्रह अनुगमनका लागि खटिएका विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षक समूहले सोमबार जनाएका छन् ।
पर्यवेक्षक समूहले मत गणना पनि पछिल्लो प्रक्रियागत परिवर्तनका कारण विवादरहित बन्न नसकेको उनीहरुले बताएका छन् ।
पर्यवेक्षकहरु भन्छन्- ‘टर्कीमा जनमत सङ्ग्रह असमान मैदानमा भएको खेलजस्तै दुई समूहबीच निर्वाचन अभियानमा बराबर मौका नपाएको कारण आएको नतिजा हो । जनमत सङ्ग्रह निष्पक्ष नभएको र यो असमान मैदानमा भएको खेलजस्तै दुई समूहबीच निर्वाचन अभियानमा बराबर मौका नपाएको कारण आएको नतिजा हो ।’ वर्तमान सत्ता गठबन्धन अर्थात् राष्ट्रपति रेसेप तैयप एर्डोगानको पक्षमा आएको अर्गनाइजेसन फर सेकुरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससीई) का मानव अधिकार मामिला प्रमुख सेजर फ्लोरिन प्रेडाले बताउनुभयो ।
‘मतगणना गर्ने प्रक्रियामा टर्कीले अपनाएको पछिल्लो प्रावधानले निर्वाचनको महत्वपूर्ण पक्षलाई नै हटाई दिँदा यसको सान्दर्भिकतामा नै प्रश्नचिह्न खडा भएको छ’, प्रेडाले भन्नुभयो ।
उहाँले निर्वाचन अधिकारीले आधिकारिक छाप विना नै पतदानका कागजातलाई मान्यता दिइएको प्रसङ्गलाई देखाउँदै मतदान प्रक्रियामा अपनाइएको प्रावधान सर्वस्वीकार्य नभएको बताउनुभयो ।
आइतबारको मतपरिणामअनुसार जनमत सङ्ग्रहको नतिजाले वर्तमान राष्ट्रपति एर्डोगानलाई थप शक्ति प्रदान गर्ने बाटो खोलिदिएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल