
भारतको राजकीय भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवि भण्डारीसंग शिष्टाचार भेट गर्नु हुँदै राष्ट्रवादी काँग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी । तस्विरः विशेष समाचारदाता भरत केसी, रासस
नयाँदिल्ली (भारत), ४ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा आज राजधानी आइपुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गर्नुभएको छ ।
भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा आज अपराह्न यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीसँग नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी र जनता दल(युनाइटेड)का शरद यादवले अलग अलग भेट गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमा जस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गर्नुभयो ।
राष्ट्रपति भण्डारीसँगको भेटमा नेताहरुले नेपालमा शान्ति, स्थिरता र विकासमा आफूहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँहरुले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमार्फत संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको र यसमा आफूहरुको सदैव शुभेच्छा रहेको पनि बताउनुभएको थियो । भारतीय नेताहरुले नेपालमा अझै पनि स्थिरता, विकास र लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै निर्वाचनमार्फत मुलुक स्थिरतातर्फ जाओस् भन्ने कामना गरेका थिए ।

भारतको राजकीय भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवि भण्डारीसंग शिष्टाचार भेटगर्नु हुँदै जनता दल(युनाइटेड) का शरद यादव । तस्बिर ः विशेष समाचारदाता भरत केसी, रासस
राष्ट्रपतिसँगको भेटपछि भाकपा(माक्र्सवादी)का महासचिव यचुरीले नेपाल संविधान निर्माणपछि यसको कार्यान्वयनको ऐतिहासिक मोडमा रहेका बेला राष्ट्रपतिको ठूलो जिम्मेवारी रहेकाले चुनावमार्फत संविधान कार्यान्वयन होस् र आधुनिक नेपाल विकासको मार्गमा अगाडि बढोस् भन्ने आफूले शुभकामना व्यक्त गरेको बताउनुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री डा महत, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
यसअघि राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीलगायतले स्वागत गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च