वासिङटन (अमेरिका), ३ वैशाख । अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ ।
उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभयो, ‘उत्तर कोरियाको पछिल्ला क्रियाकलापका सम्बन्धमा चीनलगायत विश्व समुदाय एक किसिमको समाधान खोजिरहेका छन् । यस सम्बन्धमा अब अन्तर्राष्ट्रियस्तरमा सहमति बनिसकेको छ ।’
अफगानिस्तानबाट अमेरिकी टेलिभिजन एबीसीसँग कुरा गर्दै उत्तर कोरियाको निकट सहयोगी मानिँदै आएको चीन पनि प्योङयाङको लगातारका हतियार परीक्षणबाट चिढिएको म्याक मास्टरले बताउनुभयो ।
अमेरिकी सुरक्षा सल्लाहका म्याक मास्टरले थप्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रष्ट रुपमा आफ्नो अडान प्रस्तुत गरिसक्नुभएको छ, अब आणविक हतियारधारी प्योङयाङले अमेरिका र यसका एसिया क्षेत्रीय सहयोगी राष्ट्रमा कुनै सुरक्षाको चेतावनी दिन सम्भव छैन ।
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक