वासिङटन (अमेरिका), ३ वैशाख । अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ ।
उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभयो, ‘उत्तर कोरियाको पछिल्ला क्रियाकलापका सम्बन्धमा चीनलगायत विश्व समुदाय एक किसिमको समाधान खोजिरहेका छन् । यस सम्बन्धमा अब अन्तर्राष्ट्रियस्तरमा सहमति बनिसकेको छ ।’
अफगानिस्तानबाट अमेरिकी टेलिभिजन एबीसीसँग कुरा गर्दै उत्तर कोरियाको निकट सहयोगी मानिँदै आएको चीन पनि प्योङयाङको लगातारका हतियार परीक्षणबाट चिढिएको म्याक मास्टरले बताउनुभयो ।
अमेरिकी सुरक्षा सल्लाहका म्याक मास्टरले थप्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रष्ट रुपमा आफ्नो अडान प्रस्तुत गरिसक्नुभएको छ, अब आणविक हतियारधारी प्योङयाङले अमेरिका र यसका एसिया क्षेत्रीय सहयोगी राष्ट्रमा कुनै सुरक्षाको चेतावनी दिन सम्भव छैन ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल