
उत्तर कोरियाका संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिनको अवसरमा देशको सैन्य सामर्थ प्रस्तुत गरिंदै । तस्विरः एपी
सोल, २ वैशाख । कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ ।
अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनिक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् ।
‘हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ’, एक जना सैन्य उच्च अधिकारी चोइ रयोङ हाइले भन्नुभयो ।
आफ्ना संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिनको अवसरमा देशको सैन्य सामर्थ प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए ।
उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ ।
अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ ।
उत्तर कोरियाले पनि पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा