जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको ‘मदर बम’ आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ ।
गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको रुपमा लिइएको छ ।
पहिलो पटक भएको सबैभन्दा शक्तिशाली बम हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अफगानी अधिकारीले बताएका छन् ।
बमहरुको आमा मानिने एमओएबी बम आइएस लडाकूको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीले बताएका छन् । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ ।
इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो । छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।
पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो ।
सुरुङभित्र रहेका आइएस लडाकूलाई लक्षित गरी अमेरिकी विमानमार्फत आक्रमण भएको बताइएको छ ।
घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।
आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ९२ जना आइएस लडाकु मारिएको शनिबार एएफपीलाई जानकारी दिनुभयो ।
नानगारहार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले पनि कम्तीमा ९० जनाको मृत्यु भएको बताउनुभयो ।
अफगानि अधिकारीहरुले यसअघि कम्तीमा ३६ जनाको मृत्यु भएको बताएका थिए । शिनवारीले सर्वसाधारण तथा सरकारी सेनातर्फका कसैको पनि मृत्यु नभएको दावी गर्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा