लन्डन । कसलाई के थाहा एक समय भारतको सिलगुडीमा आलिसान महल र प्रशस्त घरजग्गा भएर दार्जिलिङमा सम्पन्न जीवन बिताएको एक व्यक्ति आज आफ्नो जीवन रक्षाका लागि सबैसंग आर्थिक सहयोगको हात फैलाउन वाध्य छ भनेर ।
फिल्मी कथा जस्तो लाग्ने यो वास्तविक कथाका पात्र हुन् अभिनेता दीपक क्षेत्री । विगत चार वर्षदेखि घांटीमा मांसु पलाउने रोगबाट पीडित उनलाई देश विदेशबाट आर्थिक सहयोग संकलन गर्ने अभियानबीच बेलायतका नेपाली पनि जुटेका छन् ।
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता क्षेत्रीको उपचारका लागि क्षेत्री समाज बेलायतको पहल तथा विभिन्न संघसंस्था तथा सहयोगदाताहरुको संलग्नतामा आर्थिक संकलन कार्य शुरु भएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उनको मर्मस्पर्शी भिडियो अन्तर्वार्ता भाईरल भएपछि बेलायतमा मंगलबार सांझदेखि शुरु गरिएको आर्थिक संकलन कार्यबाट हालसम्म करिब दुई लाख पचास हजार रुपैंया जम्मा भइसकेको र जम्मा हुने क्रम जारी रहेको क्षेत्री समाज बेलायतकी आपतकालीन राहत कोष संयोजक प्रतिमा केसीले जानकारी दिइन् ।
दार्जिलिङमा जन्मेर काठमाडौंमा आइ दर्जनौ नाटक, थोरै भए पुगीसरी र चेतना जस्ता सफल टिभी सिरियल, झोला, अधिकार, मसान र दर्पण जस्ता सयौं चलचित्रमा जोडदार अभिनय गरेका दीपक क्षेत्री विगत चार वर्षदेखी घांटीमा मासु पलाएर बिस्तारै बोल्न नसक्ने अबस्थामा पुगेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकी उनी अहिले सरकार र मनकारी सहयोगदाताबाट सहयोगको पर्खाइमा छन् । भिडियोमा उनी भन्छन्, ‘सुजाता कोइराला र मैले एकै दिन निवेदन दिएका थियौं, उनले ५० लाख पाइन् र उपचार गरिन तर मैले केहि पाइन । पहुंचवालाको सबै हुन्छ तर हामी जस्ता गरिव कलाकारको नेपालमा केहि छैन् ।’
उनको भिडियो अपिलपछि संसारभरका नेपालीले सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । सामाजिक अभियन्ता तथा क्षेत्री समाज बेलायतका सल्लाहकार रामशरण सिम्खडाको अगुवाइमा रकम संकलनका लागि समाजका अध्यक्ष धनबहादुर कुंवर, आपतकालीन राहत कोष संयोजक प्रतिमा केसी, सल्लाहकार भिम बांनिया, महासचिव राजनकुमार क्षेत्री र सचिव कुमार केसीले सम्पूर्ण बेलायतवासी नेपालीलाई आर्थिक सहयोगका लागि आव्हान गरेका छन् । संकलित रकम छिट्टै अभिनेता क्षेत्रीलाई हस्तान्तरण गर्ने योजना छ ।
प्रवासमा रहेर पनि राष्ट्रिय गौरवलाई बचाउन सरहानीय काम गरेकामा क्षेत्रीकी श्रीमती बिपना बस्नेतले भाव विभोर हुंदै यस्तो अभियानले मानवता अझै नमरेको र भौगोलिक दूरी र सिमाको बन्धनले सर्जकको भावना मर्न नदिने रहेछ भन्ने पुष्टी गरेको बताइन् ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना