लन्डन । कसलाई के थाहा एक समय भारतको सिलगुडीमा आलिसान महल र प्रशस्त घरजग्गा भएर दार्जिलिङमा सम्पन्न जीवन बिताएको एक व्यक्ति आज आफ्नो जीवन रक्षाका लागि सबैसंग आर्थिक सहयोगको हात फैलाउन वाध्य छ भनेर ।
फिल्मी कथा जस्तो लाग्ने यो वास्तविक कथाका पात्र हुन् अभिनेता दीपक क्षेत्री । विगत चार वर्षदेखि घांटीमा मांसु पलाउने रोगबाट पीडित उनलाई देश विदेशबाट आर्थिक सहयोग संकलन गर्ने अभियानबीच बेलायतका नेपाली पनि जुटेका छन् ।
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता क्षेत्रीको उपचारका लागि क्षेत्री समाज बेलायतको पहल तथा विभिन्न संघसंस्था तथा सहयोगदाताहरुको संलग्नतामा आर्थिक संकलन कार्य शुरु भएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उनको मर्मस्पर्शी भिडियो अन्तर्वार्ता भाईरल भएपछि बेलायतमा मंगलबार सांझदेखि शुरु गरिएको आर्थिक संकलन कार्यबाट हालसम्म करिब दुई लाख पचास हजार रुपैंया जम्मा भइसकेको र जम्मा हुने क्रम जारी रहेको क्षेत्री समाज बेलायतकी आपतकालीन राहत कोष संयोजक प्रतिमा केसीले जानकारी दिइन् ।
दार्जिलिङमा जन्मेर काठमाडौंमा आइ दर्जनौ नाटक, थोरै भए पुगीसरी र चेतना जस्ता सफल टिभी सिरियल, झोला, अधिकार, मसान र दर्पण जस्ता सयौं चलचित्रमा जोडदार अभिनय गरेका दीपक क्षेत्री विगत चार वर्षदेखी घांटीमा मासु पलाएर बिस्तारै बोल्न नसक्ने अबस्थामा पुगेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकी उनी अहिले सरकार र मनकारी सहयोगदाताबाट सहयोगको पर्खाइमा छन् । भिडियोमा उनी भन्छन्, ‘सुजाता कोइराला र मैले एकै दिन निवेदन दिएका थियौं, उनले ५० लाख पाइन् र उपचार गरिन तर मैले केहि पाइन । पहुंचवालाको सबै हुन्छ तर हामी जस्ता गरिव कलाकारको नेपालमा केहि छैन् ।’
उनको भिडियो अपिलपछि संसारभरका नेपालीले सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । सामाजिक अभियन्ता तथा क्षेत्री समाज बेलायतका सल्लाहकार रामशरण सिम्खडाको अगुवाइमा रकम संकलनका लागि समाजका अध्यक्ष धनबहादुर कुंवर, आपतकालीन राहत कोष संयोजक प्रतिमा केसी, सल्लाहकार भिम बांनिया, महासचिव राजनकुमार क्षेत्री र सचिव कुमार केसीले सम्पूर्ण बेलायतवासी नेपालीलाई आर्थिक सहयोगका लागि आव्हान गरेका छन् । संकलित रकम छिट्टै अभिनेता क्षेत्रीलाई हस्तान्तरण गर्ने योजना छ ।
प्रवासमा रहेर पनि राष्ट्रिय गौरवलाई बचाउन सरहानीय काम गरेकामा क्षेत्रीकी श्रीमती बिपना बस्नेतले भाव विभोर हुंदै यस्तो अभियानले मानवता अझै नमरेको र भौगोलिक दूरी र सिमाको बन्धनले सर्जकको भावना मर्न नदिने रहेछ भन्ने पुष्टी गरेको बताइन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा