बेइजिङ, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले बुधबार फोनवार्ता गर्नुभएको छ । उहाँहरूले सिरियाको पछिल्लो अवस्थाबारे कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।
त्यसैगरी उहाँहरूले हालै भएको कोरियाको विषयमा पनि कुराकानी गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा हालै भएको आक्रमणबाट विश्वमा नै तरङ्ग उत्पन्न भएको जनाइएको छ ।
कोरियाली प्रायद्वीपमा भएको हमलाका कारण विश्वमा नै शान्तिको सिद्धान्तको उल्लङ्घन भएको बताइएको थियो । सो विषयमा पनि उहाँहरूबीच फोन वार्ता भएको बताइएको छ ।
त्यसैगरी सिरियामा भएको पछिल्लो हमलामा सरकारी सेनाले नै रासायनिक हतियारको प्रयोग गरेको बारेमा उहाँहरूबीच कुराकानी भएको थियो । सिरियामा पछिल्लो समयमा गैरकानुनी हमला भइरहेको छ । सो विषयमा विश्वव्यापी रूपमा चर्चा सुरु भएको छ ।
सो विषयमा भएको कुराकानीमा उहाँहरूले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सो विषय हेर्नुपर्ने सहमति भएको बताइएको छ । उक्त परिषद् यस मुद्दामा एक भएर रहने र अमेरिका र चीनले यस मुद्दामा एउटै आवाज उठाउनुपर्नेमा सहमत हुनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
चिनियाँ राष्ट्रपति जिनपिङले चीन र अमेरिकाले आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीनको भ्रमण गर्नुहुने भएको छ ।
सो भ्रमण अमेरिकी चीन सम्बन्ध विस्तार र सुदृढीकरणमा सक्षम हुने बताइएको छ । सो भ्रमणका बारेमा पनि बुधबार भएको फोनवार्तामा चर्चा भएको बताइएको छ ।
कूटनीति, सुरक्षा, व्यापार र कानुनजस्ता विभिन्न चार विषयमा द्विपक्षीय संयन्त्रको निर्माण गरी आपसी हितमा काम गर्ने विषयमा उहाँहरूबीच छलफल भएको र जसले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा सहजता थप्ने उहाँहरूबीच सहमति भएको थियो ।
उत्तर कोरियाले दक्षिण कोरियालाई लक्ष्य गरेर आक्रमण गर्ने गरेको छ । यसले गर्दा विगत लामो समयदेखि कोरियाली प्रायद्वीपमा विवाद उत्पन्न हुँदै आएको छ । सो विषयमा उहाँहरूबीच आवश्यक छलफल भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा