बेइजिङ, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले बुधबार फोनवार्ता गर्नुभएको छ । उहाँहरूले सिरियाको पछिल्लो अवस्थाबारे कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।
त्यसैगरी उहाँहरूले हालै भएको कोरियाको विषयमा पनि कुराकानी गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा हालै भएको आक्रमणबाट विश्वमा नै तरङ्ग उत्पन्न भएको जनाइएको छ ।
कोरियाली प्रायद्वीपमा भएको हमलाका कारण विश्वमा नै शान्तिको सिद्धान्तको उल्लङ्घन भएको बताइएको थियो । सो विषयमा पनि उहाँहरूबीच फोन वार्ता भएको बताइएको छ ।
त्यसैगरी सिरियामा भएको पछिल्लो हमलामा सरकारी सेनाले नै रासायनिक हतियारको प्रयोग गरेको बारेमा उहाँहरूबीच कुराकानी भएको थियो । सिरियामा पछिल्लो समयमा गैरकानुनी हमला भइरहेको छ । सो विषयमा विश्वव्यापी रूपमा चर्चा सुरु भएको छ ।
सो विषयमा भएको कुराकानीमा उहाँहरूले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सो विषय हेर्नुपर्ने सहमति भएको बताइएको छ । उक्त परिषद् यस मुद्दामा एक भएर रहने र अमेरिका र चीनले यस मुद्दामा एउटै आवाज उठाउनुपर्नेमा सहमत हुनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
चिनियाँ राष्ट्रपति जिनपिङले चीन र अमेरिकाले आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीनको भ्रमण गर्नुहुने भएको छ ।
सो भ्रमण अमेरिकी चीन सम्बन्ध विस्तार र सुदृढीकरणमा सक्षम हुने बताइएको छ । सो भ्रमणका बारेमा पनि बुधबार भएको फोनवार्तामा चर्चा भएको बताइएको छ ।
कूटनीति, सुरक्षा, व्यापार र कानुनजस्ता विभिन्न चार विषयमा द्विपक्षीय संयन्त्रको निर्माण गरी आपसी हितमा काम गर्ने विषयमा उहाँहरूबीच छलफल भएको र जसले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा सहजता थप्ने उहाँहरूबीच सहमति भएको थियो ।
उत्तर कोरियाले दक्षिण कोरियालाई लक्ष्य गरेर आक्रमण गर्ने गरेको छ । यसले गर्दा विगत लामो समयदेखि कोरियाली प्रायद्वीपमा विवाद उत्पन्न हुँदै आएको छ । सो विषयमा उहाँहरूबीच आवश्यक छलफल भएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल