आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: ०२:५७ | UK Time: 22:12

भेनेजुयलाको प्रदर्शनमा एक विद्यार्थी मारिए

वीनेपाली
२०७३ चैत ३१ गते ०:४८

तस्विरः एएफपी

काराकास, ३० चैत । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गरिएको प्रदर्शनका क्रममा मङ्गलबार प्रदर्शनकारी र प्रहरीबीच झडपभएपछि प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारी डानियल क्विेलिजलाई मङ्गलबार विहानै भालेन्सीया सहरमा गोली लागेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपतिका विरुद्ध भएको प्रदर्शनका क्रममा एक हप्तामा अहिले सम्म दुई जनाको मृत्यु भईसकेको छ । १९ बर्षिय आन्दोनलकारी जैरो अर्टीजको पनि बिहीबार प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

हत्याको आशंका गरिएका एक जना प्रहरीलाई छानविन सुरु गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति माडुरोलाई पदबाट हटाउन माग गर्दै भेनेजुयलामा केही हप्ता देखि आन्दोलन भईरहेको छ ।

राष्ट्रपति माडुरोले देशलाई आर्थिक र राजनीतिक संकटमा झन झन फसाउदै लगेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।

सोमबार भएको प्रदर्शनमा अरु ४० जनालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा गिरफ्तार गरिएको छ । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा सोमबार पाँचौ दिनको झडप हो ।

भेनेजुयलामा गत केही हप्तामा भएका ठुला प्रदर्शनहरु मध्येको गत शनिबार भएको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो ।

राष्ट्रपति निकोलस माडुरो र उहाँको सरकार विरुद्ध भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो ।

विपक्षी दलका नेता हेनरिक काप्रिलेसलाई १५ बर्ष सम्म राजनीति गर्न रोक लगाउने सरकारको निर्णयप्रति आक्रोसित भएकाहरुले बृहत र्याली सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झण्डै ४ हजार जनता सहभागी भएका थिए ।

भेनेजुयलाको समाजबादी आन्दोलनका पिता मानिने ह्युगो चाभेजको निधनपछि शक्तिमा आएका माडुरोसँग काप्रिलेस सन् २०१३ मा भएको राष्ट्रपतिय निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु भएको थियो ।

माडुरोको सरकारले केहीदिन अगाडी ४४ बर्षिय काप्रिलेसलाई आगामी बर्ष आम निर्वाचन हुन लागिरहेका बेला १५ बर्षे प्रतिबन्धको घोषणा गरेको थियो ।

घोषणासँगै सुरु भएको प्रदर्शन थप चर्को र बृहत हुदै गएको प्रदर्शनकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक