मस्को (रसिया), २९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ ।
टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग सिरियाली राष्ट्रपति बसर अल असदको सेनाले इदलिबमा गरेको रासायनिक हतियार आक्रमणका विषयमा रसियाद्वारा असदप्रति प्रकट गरेका प्रतिबद्धतालाई छोडी विश्व समुदायलाई सघाउन आग्रह गर्नुहुने बताइएको छ ।
रसियाका लागि छुट्नुपूर्व जी–७ राष्ट्रका विदेश मन्त्रीहरुको बैठकमा टिलरसनले रसियाले सिरियाद्वारा गत हप्ता इदलिबमा गरेको रासायनिक हतियार आक्रमणपछि यसपूर्व सिरियाली असद सरकारसँगको सहकार्यबारे सोच्नुपर्ने बताउनुभएको थियो ।
टिलरसन मङ्गलबार राति मस्कोमा बिताएपछि बुधबार आफ्ना रसियाली समकक्षी सर्गेइ लाभरोभसँग सिरियाबारे छलफल गर्नु हुनेछ । यद्यपि टिलरसनका पूर्ववर्तीलाई जस्तै रसियाली राष्ट्रपति पुटिनले स्वागत गर्नुहुनेछ वा छैन भन्ने विषयमा मङ्गलबारसम्म टुङ्गो नलागेको रसियाली अधिकारीले बताए ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त