लन्डन । मगर संघ यूकेको साधारणसभा सम्पन्न भएको छ । फार्नब्रोस्थित कोभ चर्चमा भएको सो साधारणसभा अध्यक्ष नेम थापाको अध्यक्षतामा भएको थियो । साधारणसभाको उद्घाटन अध्यक्ष थापा र नेपाल मगर महिला संघकी पूर्व केन्द्रीय उपाध्यक्ष खुमकुमारी थापाले गरेका थिए । सभाको सञ्चालन महासचिव लालबहादुर पुनले गर्नुभएको थियो ।
स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले गर्नुभएको थियो । साधारणसभामा महासचिव पुनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नेत्र आलेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
यसैगरी, निवर्तमान अध्यक्ष दुत पुनले पीएचडी ट्रष्ट, रिटायर्ड लेफ्टिनेण्ट सुनिल रानाले विधान संशोधन प्रस्ताव, जगत थापाले हाउजिङ समितिको प्रतिवेदन पेश गरेका थिए । मगर महिला संघकी अध्यक्ष छविमाया पुन, मगर युथ संघका दीप राना र अनिल थापा, वेम्ली ब्राञ्चका अध्यक्ष कृष्णराज राना, रेडिङ ब्राञ्चका अध्यक्ष टिकाजी राना, प्लमस्टिड ब्राञ्चका अध्यक्ष केशबहादुर आले र पूर्व अध्यक्ष विसनसिंह थापा, युएचएसबी ब्राञ्चका अध्यक्ष लेख रानाले आफ्ना प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदन पेश गर्नेहरुमा स्वीण्डन ब्राञ्चका उपाध्यक्ष कुमार राना, केन्ट ब्राञ्चका सचिव ईश्वर आले, वेष्ट लण्डन ब्राञ्चको प्रतिवेदन उपाध्यक्ष बम सूर्यवंशीले पेश गर्नुभएको थियो । यस्तै, वेल्स शाखाका अध्यक्ष चित्र राना, क्याट्रिक शाखाका अध्यक्ष भक्त थापा, लण्डन ब्राञ्चका अध्यक्ष मनबहादुर पुनले पठाउनुभएको प्रतिवेदन पनि वाचन गरिएको थियो ।
यसअघि नेपालबाट आउनुभएकी सभासद केशरी घर्तीलाई मगर संघ यूकेले मगर भवनमा स्वागत गरयो । अध्यक्ष नेम थापाले घर्तीलाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा घर्तीले यूके आउनुको उद्देश्य लगायत समसामयिक विषयमा बोलेकी थिइन् ।
यसैगरी मगर महिला संघ यूकेको वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । मगर भवन फार्नब्रोमा भएको सो सभाको उद्घाटन मगर संघ यूकेका अध्यक्ष नेम थापाले गरेका थिए । अध्यक्ष छविमाया पुनको अध्यक्षता र महासचिव सरला रानाको सन्चालनमा भएको सो साधारणसभामा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङगीमगर, मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना, युएचएसबी ब्रान्चका अध्यक्ष लेख राना, प्लमस्टिड ब्रान्चका पूर्व अध्यक्ष विसनसिं थापा, मगर बुद्धिष्ट कम्युनिटीका अध्यक्ष कृष्ण दर्लामी, नेपाल मगर महिला संघकी पूर्व उपाध्यक्ष खुमकुमारी थापा, देवी आले, गोमा राना, हिमाली राना, पदम थापा, विष्णु श्रीस लगायतले बोलेका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न