बुधबार, वैशाख २९ २०७८ | Wed, May 12, 2021
नेपालको समय: २३:२५ | UK Time: 18:40

हिमालयन यतीद्वारा विद्यालय पुनर्निर्माणमा सहयोग

वीनेपाली
२०७३ चैत २९ गते ११:१२

लन्डन । नेपलिज एसोसिएसन इन द यूके हिमालयन यतीले धादिङमा भूकम्पले क्षतिग्रस्त एक विद्यालय पुनर्निर्माणमा आर्थिक सहयोग गरेको छ ।

हिमालयन यती अध्यक्ष पुष्प श्रेष्ठसहितको एक टोलीले धादिङस्थित कन्काली मेलमिलाप प्रावि रामकोट गाउंको उक्त विद्यालय पुनर्निर्माण अवलोकन गरेको छ । अध्यक्ष श्रेष्ठले यही अगष्ट २०१७ अगाडि विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको जनाउंदै संस्थाले बेलायतबाट केही स्वयंसेवक लैजाने तयारी समेत गरेको जनाए ।

करिब ५५ लाख रुपैयां बढि लागतमा निर्माणाधिन उक्त विद्यालय बनाउन लायन्स क्लव अफ पोखरा लेक सिटी, लायन्स क्लव अफ धादिङ निलकण्ठ र रामकोट गाविसले पनि लजिस्टिक सपोर्ट गरेका छन् ।

यसैबीच, हिमालयन यतीले आगामी १५ अप्रिल शनिबार म्यानचेष्टरस्थित ब्रिटानिया कन्ट्री हाउस होटलमा संस्थाको २५ औं वार्षिक साधारणसभा र त्यसको भोलिपल्ट नेपाली नयां वर्ष २०७४ कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक