इटली, २८ चैत । विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकको मुख्य विषय सिरिया र रुसलाई बनाइएको छ ।
बैठकमा लिविया, इरान र युक्रेनप्रति अमेरिकाले गरिरहेको व्यवहार र ती देशमा भइरहेको द्वन्द्वका बारेमा पनि छलफल हुने बताइएको छ ।
इटलीमा सोमबारदेखि दुई दिनसम्म चल्ने बैठकमा अमेरिकाले सिरिया माथि गरेको हवाई हमलाको बारेमै छलफल बढी केन्द्रीत हुने देखिएको छ ।
सिरियाको विद्रोहीहरुले नियन्त्रण गरेको ठाउँमा गत हप्ता रासायनीक आक्रमण भएको थियो भने त्यसको प्रतिकार र जवाफ स्वरुप भन्दै अमेरिकी विमानबाट पनि आक्रमण गरिएको थियो ।
रासायनिक आक्रमण सिरिया सरकारले गरेको भन्ने विद्रोही, विपक्षी, अमेरिकालगायतको आरोपलाई सिरिया सरकारले भने खन्डन गर्दै आएको छ ।
सिरियामा लामो समयदेखि गृहयुद्ध भइरहेको छ । द्वन्द्वरत पक्षमध्ये सरकारी पक्षलाई रुसलगायतका देशले सहयोग गरिरहेका छन् भने विद्रोहीहरुलाई अमेरिकालगायतका देशले सहयोग गरिरहेका छन् ।
जी सेभेनको बैठकका लागि अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापानका विदेश मन्त्रीहरु इटली पुगेका छन् । इटलीको लुका सहरमा बैठक गर्ने तय भएको हो ।
जी सेभेनको बैठकपछि जी सेभेनका विदेश मन्त्रीहरुले टर्की, युएई, साउदी अरव, जोर्डन र कतारका समकक्षीहरुसँग पनि भेटबार्ता गर्ने कार्यक्रम छ ।
अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले यसै हप्ताको अन्त्यतिर रुसको भ्रमण गर्ने कार्यक्रम यसअघि नै तय भइसकेको छ । उहाँले रुसको राजधानी मस्कोमा आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।
तर रुस भ्रमण गर्ने बेलायतका विदेश मन्त्रीको भ्रमण भने सोमबार रद्ध भएको छ । आफ्नो प्राथमिकता परिवर्तन भएकाले आफ्नो भ्रमण पनि रद्ध गरिएको उहाँले स्पष्ट पार्नु भएको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]