
लन्डन । बेलायतको रसमुर बरोमा क्रियाशिल नेपाली युवा सम्मिलित एउटा स्वयंसेवक संस्थाले समुदायको प्रतिष्ठित ‘क्वीन्स् अवार्ड २०१६’ प्राप्त गरेको छ । फार्नबोरो हयाम्पसायरस्थित भोलुन्टरी ग्रुप ‘नया युवा’ नामक संस्थाले समुदायमा स्वयंसेवा गरेवापत उक्त अवार्ड प्राप्त गरेको हो ।
स्थानीय बेलायती समुदायमा नेपाली युवालाई समायोजन गर्न र युवाहरुलाई हरेक समस्यामा साथ दिन क्रियाशिल उक्त संस्थाले सन् २०१० मा स्थापना भएयता आफूलाई स्वयंसेवामा निरन्तर समर्पित गर्दै आएको छ ।
नया युवाकी अध्यक्ष निलम राईले प्रतिष्ठित अवार्ड पाउनु आफ्ना स्वयंसेवकहरुका लागि गर्वको विषय भएको जनाउंदै सन् २०१० यता संस्थालाई सघाउने समुदाय, प्रायोजक, एजेन्सी र समस्त युवाहरुप्रति आभार व्यक्त गरिन् । उनले आगामी दिनमा पनि युवाहरुका साथ समायोजन र एकता अभिवृद्धिमा निरन्तर लाग्ने अठोट व्यक्त गरेकी छन् ।
संस्थाको बेलायती समुदायमा बेग्लै प्रतिष्ठा छ । नया युवाकी उपाध्यक्ष मिना पुन र सल्लाहकार शिला लिम्बुले गत वर्ष मे १९, २०१६ मा बकिंगहम प्यालेसमा आयोजित गार्डेन टि पार्टीमा महारानी र अवार्ड विजेतालाई दर्शनभेटको अवसर पाएका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा