
लन्डन । बेलायतको रसमुर बरोमा क्रियाशिल नेपाली युवा सम्मिलित एउटा स्वयंसेवक संस्थाले समुदायको प्रतिष्ठित ‘क्वीन्स् अवार्ड २०१६’ प्राप्त गरेको छ । फार्नबोरो हयाम्पसायरस्थित भोलुन्टरी ग्रुप ‘नया युवा’ नामक संस्थाले समुदायमा स्वयंसेवा गरेवापत उक्त अवार्ड प्राप्त गरेको हो ।
स्थानीय बेलायती समुदायमा नेपाली युवालाई समायोजन गर्न र युवाहरुलाई हरेक समस्यामा साथ दिन क्रियाशिल उक्त संस्थाले सन् २०१० मा स्थापना भएयता आफूलाई स्वयंसेवामा निरन्तर समर्पित गर्दै आएको छ ।
नया युवाकी अध्यक्ष निलम राईले प्रतिष्ठित अवार्ड पाउनु आफ्ना स्वयंसेवकहरुका लागि गर्वको विषय भएको जनाउंदै सन् २०१० यता संस्थालाई सघाउने समुदाय, प्रायोजक, एजेन्सी र समस्त युवाहरुप्रति आभार व्यक्त गरिन् । उनले आगामी दिनमा पनि युवाहरुका साथ समायोजन र एकता अभिवृद्धिमा निरन्तर लाग्ने अठोट व्यक्त गरेकी छन् ।
संस्थाको बेलायती समुदायमा बेग्लै प्रतिष्ठा छ । नया युवाकी उपाध्यक्ष मिना पुन र सल्लाहकार शिला लिम्बुले गत वर्ष मे १९, २०१६ मा बकिंगहम प्यालेसमा आयोजित गार्डेन टि पार्टीमा महारानी र अवार्ड विजेतालाई दर्शनभेटको अवसर पाएका थिए ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न