लन्डन । स्वदेशमा लगानीमात्र होइन, दक्ष जनशक्ति समेत उत्पादन गर्न गैर आवासीय नेपालीलाई सुझाइएको छ । मासिक ४० हजार श्रमिक रोजगारीका लागि विदेशिएका जनाउंदै लन्डनमा आयोजित एक कार्यक्रमका सहभागीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न खांचो रहेको औंल्याए ।
नेपालस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी एकेडेमीले लन्डनमा आयोजना गरेको एक सेमिनारमा उक्त एकेडेमीका सञ्चालक एवं एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले ९८ प्रतिशत नेपाली निम्न स्तरको लेबर काममा विदेश जाने गरेको दृष्टान्त पेश गर्दै अब आर्थिक समृद्धि र रोजगारीका लागि एनआरएनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
‘नेपालमा व्यवसायिक शिक्षाको महत्व र विश्वमा सीपमुलक रोजगारीको माग’ विषयक उक्त सेमिनारमा केसीले दक्ष जनशक्तिकै लागि अष्ट्रेलियन सरकारबाट स्वीकृति लिएर आफूले एकेडेमी सञ्चालन गरेको दावी गरे । कार्यक्रममा एकेडेमीका अन्तर्राष्ट्रिय कन्सल्टेन्ट प्रेम सापकोटाले नेपालमा चार हजार बढि सेफ आवश्यक भएको जानकारी दिंदै आफ्नो एकेडेमी त्यो अभाव पुरा गर्न जुटिरहेको बताए । काठमाण्डौं मैतीदेवीस्थित उक्त एकेडेमीले १४ महिनाको हस्पिटालिटी एण्ड कलिनरी कोर्स सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, बेलायतका लागि नेपाल पर्यटन बोर्ड प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएनए युरोप पूर्व संयोजक चिरन्जिवी ढकाल, एनआरएनए यूके पूर्व महासचिव राजकुमार त्रिपाठी लगायतले व्यवसायिक शिक्षामा एनआरएन लगानीबारे धारणा राखेका थिए ।
लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारीले संयोजन तथा सञ्चालन गरेको उक्त कार्यक्रममा नव गायिका सुजाता काफ्लेको ‘ऐंसेलुमा…’ बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरियो । कार्यक्रममा गायिका काफ्ले र उक्त गीतका म्यूजिक एरेन्जर आशिष राजले गायन प्रस्तुत गरेका थिए ।
उक्त म्यूजिक भिडियो निर्देशन सरु गुरुङ रानाले गरेकी हुन् भने गीतको संगीत तथा रचना रामकाजी राईको छ ।
तस्विरः जीवन के गाउंले
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो