स्टकहोम, २६ चैत । स्टकहोममा शुक्रबार ट्रक आक्रमण गरी चार व्यक्तिको हत्या गर्ने चालक ३९ वर्षीय उज्वेक मूल वासिन्दा भएको शनिबार पहिचान गरिएको छ र यी व्यक्ति पहिलेदेखि नै निरीक्षण घेरामा रहेको अधिकारीहरूले बताएका छन् ।
यसबीच स्विडेनका प्रधानमन्त्री स्टफान लफेनले नागरिकलाई यो पीडा सहन गर्न आग्रह गर्नुभएको छ भने स्थानीय वासिन्दासँग वार्ता गर्न उहाँ सडकमा निस्कनुभएको छ ।
स्विडेनको झण्डा शनिबार आधा झुकाइएको छ । घटनामा चार जनाको मृत्यु र १५ व्यक्ति घाइते भएका थिए । शुक्रबार अपरान्ह आक्रमणकारीले एक ट्रक अपहरण गरी बजारबीच भीडमा जोत्न पुगेका थिए । प्रधानमन्त्री लफेनले सोमबार एक मिनेटको मौनधारणका साथमा राष्ट्रिय शोक दिवस घोषणा गर्नुभएको छ ।
स्विडेनका प्रहरी प्रमुख डान एलियासनले शनिबार एक पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीलाई पक्राउ गरेको विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी