लन्डन, २६ चैत । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ ।
विदेशमन्त्री जोनसन सोमबार मस्को भ्रमणका लागि जानुहुने कार्यक्रम तय भएको थियो । उहाँले अमेरिकी तथा अन्य अधिकारीसँग सम्पर्क गर्नु र अप्रिल १०–११ मा जीसेभेनको बैठक गराउनु उहाँको प्राथमिकता भएको बताउनुभयो ।
उहाँले सिरियामा असादको सरकारले निरपराध नागरिकमाथि रासायनिक हतियार प्रयोग गर्दा पनि निरन्तर समर्थन गरेको भनी रसियाको आलोचना गर्नुभयो ।
उहाँले शुक्रबार अमेरिकाले सिरियाको होम्स नजिकै सिरियाली सैनिक क्षेत्रमा ५९ वटा टमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा समर्थन जानाउनुभएको छ ।
सिरियाको खान सेखुन नगरमा भएको रासायनिक आक्रमणमा ८६ व्यक्तिको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा