लन्डन, २६ चैत । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ ।
विदेशमन्त्री जोनसन सोमबार मस्को भ्रमणका लागि जानुहुने कार्यक्रम तय भएको थियो । उहाँले अमेरिकी तथा अन्य अधिकारीसँग सम्पर्क गर्नु र अप्रिल १०–११ मा जीसेभेनको बैठक गराउनु उहाँको प्राथमिकता भएको बताउनुभयो ।
उहाँले सिरियामा असादको सरकारले निरपराध नागरिकमाथि रासायनिक हतियार प्रयोग गर्दा पनि निरन्तर समर्थन गरेको भनी रसियाको आलोचना गर्नुभयो ।
उहाँले शुक्रबार अमेरिकाले सिरियाको होम्स नजिकै सिरियाली सैनिक क्षेत्रमा ५९ वटा टमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा समर्थन जानाउनुभएको छ ।
सिरियाको खान सेखुन नगरमा भएको रासायनिक आक्रमणमा ८६ व्यक्तिको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त