स्टकहोम (स्वीडेन), २५ चैत । स्वीडेनको स्टकहोमस्थित व्यापारिक केन्द्रमा शुक्रबार ट्रक दुर्घटना हुँदा कम्तीमा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका बताइएको छ ।
स्वीडेनी प्रधानमन्त्री स्टेफन लफभेनले घटनाको प्रकृति हेर्दा उक्त ट्रक दुर्घटनाग्रस्त भएको नभई आतङ्ककारी आक्रमण भएको बताउनुभयो । घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ ।
घटनापछि उक्त व्यापारिक केन्द्रमा रहेका दजनौँ मानिसले भागेर ज्यान जोगाएका थिए । स्वीडेनको गुप्तचर निकायका अनुसार घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका छन् । यद्यपि उक्त निकायले घाइतेको एकिन सङ्ख्या भने सार्वजनिक गरेको छैन ।
स्वीडेनमाथि आक्रमण भएको छ, लफभेनले भन्नुभयो । यसले घटना आतङ्कवादी हमला भएको घटनाको प्रकृतिले बताउने उहाँले प्रतिक्रिया दिनुभयो ।
स्वीडेनको राष्ट्रिय टेलिभिजन प्रशारण एसभीटीले घटनास्थलमा गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी जनाएको छ । घटना कसले र के उद्देश्यले गराएको भन्नेबारे प्रष्ट नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री