स्टकहोम (स्वीडेन), २५ चैत । स्वीडेनको स्टकहोमस्थित व्यापारिक केन्द्रमा शुक्रबार ट्रक दुर्घटना हुँदा कम्तीमा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका बताइएको छ ।
स्वीडेनी प्रधानमन्त्री स्टेफन लफभेनले घटनाको प्रकृति हेर्दा उक्त ट्रक दुर्घटनाग्रस्त भएको नभई आतङ्ककारी आक्रमण भएको बताउनुभयो । घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ ।
घटनापछि उक्त व्यापारिक केन्द्रमा रहेका दजनौँ मानिसले भागेर ज्यान जोगाएका थिए । स्वीडेनको गुप्तचर निकायका अनुसार घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका छन् । यद्यपि उक्त निकायले घाइतेको एकिन सङ्ख्या भने सार्वजनिक गरेको छैन ।
स्वीडेनमाथि आक्रमण भएको छ, लफभेनले भन्नुभयो । यसले घटना आतङ्कवादी हमला भएको घटनाको प्रकृतिले बताउने उहाँले प्रतिक्रिया दिनुभयो ।
स्वीडेनको राष्ट्रिय टेलिभिजन प्रशारण एसभीटीले घटनास्थलमा गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी जनाएको छ । घटना कसले र के उद्देश्यले गराएको भन्नेबारे प्रष्ट नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक