लन्डन । चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको ‘यो सांझ…’ बोलको गीतमा निर्मित म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दुई दिनअघि ५ अप्रिलमा युट्यूवमार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो स्कटल्याण्डको एवरडिनमा छायांकन गरिएको हो ।
‘यो सांझ’ गीत सोहन घिमिरेले लेखेका हुन् भने संगीत पनि उनैको छ । दीपेशराज रेग्मी निर्देशित उक्त म्यूजिक भिडियोमा नवीन के क्षेत्री र बिना राईले अभिनय गरेका छन् । बेलायतवासी मेकअप आर्टिष्ट तथा मोडल बिनाको डिमान्ड पछिल्लोपटक हवात्तै बढेको छ । उनी र ध्रुव दत्त अभिनित गायक उदितनारायण झाको ‘झरी सरी…’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो पनि रिलिजको तयारीमा छ ।
गत महिनामात्र नेपालमा गएर विभिन्न ठाउंमा मेकअप सेमिनार र फेशन शो गरेकी बिना नेपालमा नौलो प्रयोगका कारण चर्चामा थिइन् । उनको फोकस्टन केन्टमा आफ्नै ब्युटी पार्लर छ ।
हेर्नुस् म्यूजिक भिडियो
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा