लन्डन । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन नेपाली संघीय समाज यूकेको क्षेत्रीय शाखा रिडिङले एक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । वैकल्पिक केन्द्रिय सदस्य तथा यूके सह इन्चार्ज टेकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
रिडिङस्थित वायरहाउस क्युम्वरल्याण्ड हलमा भएको उक्त कार्यक्रममा नेपाली संघीय समाज यूके केन्द्रिय कार्य समितिका महासचिव कमलप्रसाद राईले संघीय प्रणाली र नेपालमा समाजवादको आवश्यकता तथा यूके सह इन्चार्ज टेकबहादुर थापाले संविधान संशोधनको आवश्यकता र खस, आर्य जातिबीच फरक तथा अलग पहिचानको महत्वबारे आफ्नो धारणा राखेका थिए ।
केन्द्रिय सदस्य थापाले वर्तमान संविधानले २०४७ सालको संविधानले जस्तै आर्य हिन्दूहरुको संरक्षण गरेको आरोप लगाए । कार्यक्रममा केन्द्रिय समिति सल्लाहाकार देव गुरुङले एकल जातिय शासनको अन्त्यले मात्र जातिय उत्थान हुन सक्ने बताए भने अर्का सल्लाहकार धर्मबहादुर तामाङले संघीय शासन व्यवस्थाले मात्र नेपालमा स्थायी शान्ति हुन सक्ने विचार राखे । संघीय नेपाली समाज यूकेका केन्द्रिय अध्यक्ष कमल गुरुङले संघीय समाजवादी फोरम सबै उत्पीडित जाती तथा वर्गको साझा पार्टी भएको जिकिर गरे ।
कार्यक्रममा रिडिङ नेपाली समाज, रिडिङ तमु समाज, तमु समाज यूके, किरात राइ यायोख्खा रिडिङ, तामाङ समाज यूके, गेसो, सत्याग्रहका प्रतिनिधिहरुसहित अतिथि प्रोफेसर डा. नारायण मेघे तमु, डा. चन्द्र बहादुर गुरुङ लगायत दर्जनौंको उपस्थिति थियो ।
संघीय नेपाली समाज रिडिङका अध्यक्ष तिल बहादुर गुरुङको सभापतित्वमा कार्यक्रम भएको थियो ।
यसैबीच प्राप्त समाचार अनुसार संघीय समाजवादी फोरम नेपाल र नयां शक्ति पार्टीबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै तर्फका वार्ता समितिबीच बसेको संयुक्त बैठकले राजनैतिक प्रतिवेदन तथा पार्टीको विधानको टुंगो लगाएको जनाइएको छ । नयां शक्ति पार्टीका एक नेताले दिएको जानकारी अनुसार आगामी हप्ता पार्टी एकिकरणको घोषणा हुने अपेक्षा छ ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न