मस्को, २४ चैत । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्नुहुने भएको छ ।
रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन रुस आउन लागेको जानकारी दिएको छ ।
मन्त्रालयले यही अप्रिल ११ र १२ तारिखका दिन उहाँले भ्रमण गर्नुहुने जनाएको छ ।
भ्रमणका क्रममा टिलरसनले रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग अन्तर्राष्ट्रिय सुरक्षा, स्लामिक स्टेट (आइएस) विरुद्धको लडाइँ र सिरिया र युक्रेनमा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्नुहुने भएको छ ।
“हामी अमेरिकाको नयाँ नेतृत्वसँगको सम्बन्धलाई सकारात्मक बनाउन चहान्छौँ, यस भ्रमणले दुई देशको अवस्थामा सुधार आउने विश्वास गरिएको छ, हामी वास्तविक व्यवहारमा आधारित रहन्छौँ भन्ने हामीलाई लागेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
सरकारी अन्य निकायले पनि भ्रमणको पुष्टि गर्दै युक्रेन, सिरिया, उत्तर कोरिया र दुई पक्षीय सम्बन्धका बारेमा छलफल हुने जनाएका छन् ।
कतिपय संवेदनशील विषयमा दुई देशका बीचमा विवाद र मतान्तर भइरहेका बेला टिलरसनको पहिलो भ्रमण हुन लागेको हो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल