लन्डन । नेपालको व्यवस्थापिका संसदका सभासदहरु यतिखेर भूपू गोर्खाका समस्या सुन्न र उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन बेलायत आइपुगेका छन् ।
भ्रमणमा सर्वदलीय संसदीय समितिका पांच जना सांसदहरु दिलमान पाख्रिन, केशरी घर्तीमगर, अइन्द्र सुन्दर नेम्वाङ, यज्ञराज सुनुवार र जयन्ती राई छन् ।
गत २९ मार्चका दिन बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरुबीच रक्षा मन्त्रालय (एमओडी) मा पहिलो चरणको त्रिपक्षीय वार्तापछि प्राविधिक समिति गठनमा लागिरहेका भूपू गोर्खाहरुको निमन्त्रणामा सभासदको टोली बेलायत आएको हो ।
माननीयहरुलाई बुधबार गेसो कार्यालय अल्डरसट र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको केन्द्रिय बैठक लन्डनमा स्वागत तथा सम्मान गरिएको छ ।
गेसो अध्यक्ष कृष्णकुमार राईका अनुसार, कार्यक्रममा सभासदहरुले भूपू गोर्खा मुद्दाबारे गहन छलफल गर्दै आन्दोलनमा एक साथ रहेको बताएका थिए । भूपू गोर्खामाथि भएको भेदभाव र असमान व्यवहारप्रति नेपाल सरकार गम्भीर रहेको जनाउंदै उनीहरुले अहिले गेसो र सत्याग्रह समितिबीच भएको कार्यगत एकताले संसारमा सकारात्मक सन्देश गएको र यो सम्वन्ध अटुट रहोस् भन्ने शुभकामना समेत दिएका थिए ।
भूपू गोर्खाहरुबीचको एकताले निर्णायक आन्दोलनसहित प्रतिफल ल्याउनेमा सभासदहरुले विश्वास व्यक्त गरेको गेसो अध्यक्ष राईले जानकारी दिए ।
यसअघि ५ जना सभासदहरु लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको गोर्खा सत्याग्रह केन्द्रिय बैठकमा पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । ति सभासदहरुको गोर्खासंग प्रत्यक्ष अप्रत्यक्ष पारिवारिक सम्वन्ध छ । सत्याग्रह समितिले सभासदहरुलाई स्वागत तथा सम्मान गर्दै आन्दोलनको विकसित घटनाक्रमबारे अवगत गराएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा