मोकोआ (कोलम्बिया), २३ चैत । दक्षिणी कोलम्बियामा बाढी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या बुधबार सम्म २९० पुगेको छ ।
खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले बताएका छन् । भीषण वर्षापछि मोकोआ क्षेत्रमा शुक्रबार आएको पहिरोमा परी अरु ३३२ जना घाइते भएका छन् ।
गत शुक्रबार मोकोआका तीन ओटा नदिमा ठुलो बाढी आएको थियो भने बाढीले ठुलो मात्रामा ढुङ्गा, माटो, रुख बगाउनुका साथै विशाल पहिरो गएको थियो ।
सरकारी तथ्याङ्कअनुसार मोकोआमा झन्डै ७० हजार जनसङ्ख्या रहेको थियो । ती मध्ये झन्डै ४५ हजार जना अहिलेको बाढी पहिरोबाट पीडित भएको रेडक्रसले जनाएको छ ।
चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भएकाले त्यसका लागि पनि सुरक्षाकर्मी परिचालन गरिएको कोलम्बिया सरकारले जनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा विद्युत वितरणका संरचना फेरी बनाएर विद्युत सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगहरुको प्रकोप फैलिन सक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।
प्रकोपग्रस्त मोकोआलाई कोलम्बिया सरकारले स्वास्थ्य, खानेपानी तथा सरसफाइ र आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढीपीडितका लागि पुनःनिर्माणको काम तत्काल सुरु हुने राष्ट्रपति जोन म्यानुअल सान्तोषले बताउनुभएको छ । आगामी जुन महिनासम्म वर्षा भइरहन सक्ने मौसम भएकाले फेरी यस्तै क्षती हुन सक्नेतर्फ उहाँले सचेत रहन आह्वान गर्नुभएको छ ।
सङ्कटग्रस्त क्षेत्रमा राष्ट्रपति सान्तोषले उद्धार तथा राहतका लागि निरन्तर चासो दिइरहनु भएको छ ।
अहिले बाढीपहिरोबाट पिडित व्यक्तिहरु झन्डै पाँच दशक लामो गृहयुद्ध र गरिविबाट पनि पीडित थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने