मोकोआ (कोलम्बिया), २३ चैत । दक्षिणी कोलम्बियामा बाढी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या बुधबार सम्म २९० पुगेको छ ।
खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले बताएका छन् । भीषण वर्षापछि मोकोआ क्षेत्रमा शुक्रबार आएको पहिरोमा परी अरु ३३२ जना घाइते भएका छन् ।
गत शुक्रबार मोकोआका तीन ओटा नदिमा ठुलो बाढी आएको थियो भने बाढीले ठुलो मात्रामा ढुङ्गा, माटो, रुख बगाउनुका साथै विशाल पहिरो गएको थियो ।
सरकारी तथ्याङ्कअनुसार मोकोआमा झन्डै ७० हजार जनसङ्ख्या रहेको थियो । ती मध्ये झन्डै ४५ हजार जना अहिलेको बाढी पहिरोबाट पीडित भएको रेडक्रसले जनाएको छ ।
चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भएकाले त्यसका लागि पनि सुरक्षाकर्मी परिचालन गरिएको कोलम्बिया सरकारले जनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा विद्युत वितरणका संरचना फेरी बनाएर विद्युत सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगहरुको प्रकोप फैलिन सक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।
प्रकोपग्रस्त मोकोआलाई कोलम्बिया सरकारले स्वास्थ्य, खानेपानी तथा सरसफाइ र आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढीपीडितका लागि पुनःनिर्माणको काम तत्काल सुरु हुने राष्ट्रपति जोन म्यानुअल सान्तोषले बताउनुभएको छ । आगामी जुन महिनासम्म वर्षा भइरहन सक्ने मौसम भएकाले फेरी यस्तै क्षती हुन सक्नेतर्फ उहाँले सचेत रहन आह्वान गर्नुभएको छ ।
सङ्कटग्रस्त क्षेत्रमा राष्ट्रपति सान्तोषले उद्धार तथा राहतका लागि निरन्तर चासो दिइरहनु भएको छ ।
अहिले बाढीपहिरोबाट पिडित व्यक्तिहरु झन्डै पाँच दशक लामो गृहयुद्ध र गरिविबाट पनि पीडित थिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ