लन्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ८ अप्रिलका दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल टोली र १० भलिबल टोलीको सहभागिता रहने संस्थाका सभापति तथा संयोजक दिपेन गुरुङले जानकारी दिए । यो बेलायतमा अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गर्न लागिएको आयोजकको दाबी छ ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछ । असोसिएसनका उप सभापति लक्ष्मण गुरुङका अनुसार खेलाडीहरुको हौसला बढाउने उद्देश्यले क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिइनेछ । गत वर्षको खेल मंगोलियन भान्जाले जितेको थियो भने २०१५ मा पनि भान्जाहरुकै वर्चश्व थियो ।
भलिबल प्रतियोगितामा रेडिङ भलिबल क्लबबाट कप्तान सन्तोष गुरुङ, अल्डरसट भलिबल क्लबबाट कप्तान हितमान आले, गत सालका बिजेता चाल्टन भलिबल क्लबबाट कप्तान वसन्त पौडेल, आयोजक ग्रीनवीच भलिबल क्लबका कप्तान हयारी गुरुङ, वीन्चेस्टर भलिबल क्लबका कप्तान कोष गुरुङ, तोङबा भलिबल क्लबका कप्तान मनोज गुरुङ, स्वीन्डन भलिबल क्लबका कप्तान बालबिक्रम शाही, अल्डरसट भलिबल क्लबका कप्तान चन्दन गुरुङ, वुद्ध फाउण्डेसन भलिबल क्लबका कप्तान विष्णु थापा र जमघट भलिबल क्लबका कप्तान शैलेन्द्र गुरुङले नेतृत्व गर्ने भएका छन् ।
उक्त प्रतियोगिताका लागि प्रमुख रेफ्री नेपालका लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी मिलन गुरुङले गर्ने भएका छन् ।
भलिबल खेलका संयोजक तथा नेपाली युथ असोसिएसन यूके उपसभापति राजन खकुरेलका अनुसार आयोजक समितिले तयारी अगाडि बढाइसकेको छ । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित ६०० पाउण्ड नगद प्राप्त गर्नेछ ।
संस्थापक एवं निवर्तमान सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण नयां कार्यसमितिलाई शुभकामना दिएका छन् ।
ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ असोसिएसनको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिबल पनि हुंदैछ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण