लन्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ८ अप्रिलका दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल टोली र १० भलिबल टोलीको सहभागिता रहने संस्थाका सभापति तथा संयोजक दिपेन गुरुङले जानकारी दिए । यो बेलायतमा अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गर्न लागिएको आयोजकको दाबी छ ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछ । असोसिएसनका उप सभापति लक्ष्मण गुरुङका अनुसार खेलाडीहरुको हौसला बढाउने उद्देश्यले क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिइनेछ । गत वर्षको खेल मंगोलियन भान्जाले जितेको थियो भने २०१५ मा पनि भान्जाहरुकै वर्चश्व थियो ।
भलिबल प्रतियोगितामा रेडिङ भलिबल क्लबबाट कप्तान सन्तोष गुरुङ, अल्डरसट भलिबल क्लबबाट कप्तान हितमान आले, गत सालका बिजेता चाल्टन भलिबल क्लबबाट कप्तान वसन्त पौडेल, आयोजक ग्रीनवीच भलिबल क्लबका कप्तान हयारी गुरुङ, वीन्चेस्टर भलिबल क्लबका कप्तान कोष गुरुङ, तोङबा भलिबल क्लबका कप्तान मनोज गुरुङ, स्वीन्डन भलिबल क्लबका कप्तान बालबिक्रम शाही, अल्डरसट भलिबल क्लबका कप्तान चन्दन गुरुङ, वुद्ध फाउण्डेसन भलिबल क्लबका कप्तान विष्णु थापा र जमघट भलिबल क्लबका कप्तान शैलेन्द्र गुरुङले नेतृत्व गर्ने भएका छन् ।
उक्त प्रतियोगिताका लागि प्रमुख रेफ्री नेपालका लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी मिलन गुरुङले गर्ने भएका छन् ।
भलिबल खेलका संयोजक तथा नेपाली युथ असोसिएसन यूके उपसभापति राजन खकुरेलका अनुसार आयोजक समितिले तयारी अगाडि बढाइसकेको छ । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित ६०० पाउण्ड नगद प्राप्त गर्नेछ ।
संस्थापक एवं निवर्तमान सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण नयां कार्यसमितिलाई शुभकामना दिएका छन् ।
ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ असोसिएसनको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिबल पनि हुंदैछ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश