लन्डन । अघिल्लो महिना बेलायतमा ‘लुट २’ प्रदर्शनताका नायकद्वय दयाहाङ राई र सौगात मल्लको जोडीलाई दर्शकले खुबै रुचाए । तिनै कलाकारको प्रतिक्षा गरिरहेका नेपाली दर्शकले उनीहरु अभिनित फिल्म फेरि हेर्न पाउने भएका छन् । दयाहाङ/सौगात अभिनित फिल्म ‘लप्पन छप्पन’ बेलायतभर प्रदर्शन हुन लागेको हो ।
३२ बक्स नामक एउटा समूहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन फिल्म प्रदर्शन गर्दैछ । आयोजकमध्ये एक एलबीजेड गुरुङले बेलायतमा नेपाली चलचित्र प्रवर्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए ।
फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ । ३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् ।
सोही समूहमा आवद्ध युवाहरुले इन्फाका तर्फबाट यसअघि गाजलु, पुरानो डुंगा जस्ता फिल्म बेलायतको सिने वल्ड र भ्यू हलमा देखाएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा