लन्डन । अघिल्लो महिना बेलायतमा ‘लुट २’ प्रदर्शनताका नायकद्वय दयाहाङ राई र सौगात मल्लको जोडीलाई दर्शकले खुबै रुचाए । तिनै कलाकारको प्रतिक्षा गरिरहेका नेपाली दर्शकले उनीहरु अभिनित फिल्म फेरि हेर्न पाउने भएका छन् । दयाहाङ/सौगात अभिनित फिल्म ‘लप्पन छप्पन’ बेलायतभर प्रदर्शन हुन लागेको हो ।
३२ बक्स नामक एउटा समूहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन फिल्म प्रदर्शन गर्दैछ । आयोजकमध्ये एक एलबीजेड गुरुङले बेलायतमा नेपाली चलचित्र प्रवर्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए ।
फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी छ । ३२ बक्स समूहमा एलबीजेड गुरुङ, दिपेश राई, प्रशान्त थापा, अभ्या कोइराला र ज्ञान गुरुङ छन् ।
सोही समूहमा आवद्ध युवाहरुले इन्फाका तर्फबाट यसअघि गाजलु, पुरानो डुंगा जस्ता फिल्म बेलायतको सिने वल्ड र भ्यू हलमा देखाएका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई