लन्डन । नेपाली जनस्वास्थ्य विज्ञ, अनुसन्धाता, मेडिकल स्पेशलिष्ट र अन्य स्वास्थ्यसंग सम्वन्धित पेशेवरहरुको एउटा वृहत भेला लन्डनमा हुने भएको छ । आगामी २२ अप्रिल दिउसो गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारोमा कार्यक्रम गर्न लागिएको आयोजकमध्ये एकजना जनस्वास्थ्य विज्ञ राजेन्द्र थापाले जानकारी दिएका छन् ।
बेलायतमा रहेका हेल्थ केयर प्रोफेशनलहरु एकै ठाउं भेला भइ आफ्ना अनुभव, दक्षता र सीप साटासाट गर्ने अनि बेलायतस्थित नेपाली समुदाय र नेपालमा रहेका सर्वसाधारणमाझ त्यो सीप र ज्ञान बांड्ने कार्यक्रमको उद्देश्य छ । ‘नेपालीलाई स्वास्थ्य रहन प्रेरित गर्ने हाम्रो उद्देश्य हो’, थापाले भने ।
१२ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रम दुई चरणमा विभाजित हुनेछ । पहिलो चरणमा टक शो हुने र दोश्रो चरणमा संरचनागत विकासमा छलफल केन्द्रित हुने थापाले जनाए । आयोजकले स्वास्थ्य क्षेत्रमा लागेका र अन्य इच्छुकलाई सहभागिताका लागि आव्हान गरेका छन् ।
The details of the program are as below:
Date: 22/04/2017
Time: 11:30 registration (Program 12:00- 16:00)
Venue: Golden ship, 500 Northholt road, South Harrow, HA2 8HA
For further information,
Please contact:
Mr. Balkrishna Bushal: 07426396990
Mr. Rajendra Thapa: 07577605627
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता