
मुन दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रय विमानस्थलमा आफ्ना समर्थकहरुलाई अभिभादन गर्दै । फाइल तस्विर-एपी
सोल (दक्षिण कोरिया), २१ चैत । दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ ।
मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा अग्रणीस्थानमा देखिनुभएको थियो ।
मुनले विभिन्न चार चरणमा गरिएको प्राइमरी मत सर्वेक्षणमा ५७ प्रतिशन मत प्राप्त गर्नुभएको थियो ।
दक्षिण कोरियामा आगामी मे महिनाको ९ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा सन् २०१२ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेबाट पराजित बनेका मुन पुनः प्रतिस्पर्धा गर्नुहुनेछ ।
नियमित समय तालिकाअनुसार दक्षिण कोरियामा राष्ट्रपतिका लागि निर्वाचन सन् २०१७ को डिसेम्बरमा हुने कार्यक्रम रहे पनि भर्खरै महाभियोगद्वारा राष्ट्रपतिबाट हटाइएका पार्कको बहिर्गमनसँगै निर्वाचन तालिकासमेत परिवर्तन भएको हो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल