आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १४:२४ | UK Time: 08:39

विस्फोटपछि रसियामा यातायात सुरक्षामा कडाई

वीनेपाली
२०७३ चैत २२ गते २:१९

सेन्ट पिटर्सबर्ग (रसिया), २१ चैत । रसियाको आतङ्कवाद विरोधी राष्ट्रिय समितिले सेन्ट पिटर्सबर्गमा भएको विस्फोटपछि यातायात क्षेत्रमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ ।

रसियाली समाचार संस्था तास र इन्टरफ्याक्सका अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा रेलभित्र विस्फोट गराइएको थियो । प्रारम्भिक सूचना अनुसार घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने घछनामा ५० जनाभन्दा बढी मानिस घाइते बनेका छन् ।

रसियाली सुरक्षाकर्मीले एक विष्पोट नभएको विष्पोटक पदार्थसमेत सेन्ट पिटर्सवर्गकै अर्को एक रेल स्टेसनमा भेटिएको दावी गरेको छ ।

विस्फोटन लगत्तै राजधानी मस्कोलगायतका स्थानमा सुरक्षा सतर्कता थप बढाइएको छ ।

रसियाली सिनेटर भिक्टर अजेरोवले इन्टरफ्याक्ससँगको प्रतिक्रियामा झट्ट हेर्दा घटना आतङ्कवादी आक्रमण जस्तो देखिन्छ । यसबारे अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने नै छ, उहाँले थप्नुभयो ।

स्थानीय सामाजिक सञ्जालमा राखिएका भिडियो दृश्यमा घटनापछि रेल यात्रुहरु हतासमा ढोकाबाट बाहिरिँदै गरेका देखाइएको स्थानीय टेलिभिजनले समेत प्रसारण गरेका छन् ।

रसियाली रेल प्रशासनले घटनापछि उत्तरी रसियाका सहरहरुमा रहेका रेलस्टेसनहरु अस्थायीरुपमा बन्द गरी स्टेसन खाली पार्ने क्रम जारी छ ।

रसियाली समाचार संस्थाले रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको बताउनुभयो । पुटिनले सेन्ट पिटर्सबर्गमा सोमबार नै पुगी घटनाबारे जानकारी लिनुहुने अपेक्षा गरिएको छ ।

उहाँले सोमबार नै बेलारुसका राष्ट्रपतिसँग घटनाबारे छलफल गर्नुहुनेछ ।

यसैबीच राष्ट्रपति पुटिनले विस्फोटबारे पहिलो प्रतिक्रिया दिँदै रसियाली अधिकारीले घटना आतङ्कवादी आक्रमण थियो वा अन्य कुनै समस्या हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

कानुनी तथा गुप्तचर अधिकारीले आफ्नो सम्पूर्ण प्रयासलाई घटनाबारे सत्यतथ्य पत्ता लगाउन लगाएका र छिट्टै यस विषयमा थप जानकारी आउने उहाँको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक