मोकोआ (कोलम्बिया), २१ चैत । कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ््ख्या २५४ पुगेको छ ।
मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।राष्ट्रपति जोन म्यानुअल सान्तोषले ठूलो स्वास्थ्य समस्या देखिनसक्ने भन्दै पानी र औषधिको तत्कालीन व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
विद्युत् र खानेपानीको सेवा अहिलेसम्म पनि सुचारु हुन सकेको छैन । विद्युत् वितरणका संरचना फेरि बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् ।
तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैँछ ।
सरकारसँग ऐतिहासिक शान्ति प्रक्रियामा रहेको बामपन्थी विद्रोही समूह रिभोलुस्नरी आर्मड फोर्स अफ कोलम्बिया (एफएआरसी)ले पनि विपद्मा परेकालाई अनपेक्षित सहयोग गरेका छन् ।
उनीहरुले बाढीपहिरोले क्षतिग्रस्त ठाउको पुनःनिर्माणका लागि पनि योजना बनाइरहेको बताएका छन् । स्थानीय बासिन्दाले विपद्का लागि कुनै पूर्व तयारी नभएको बताएका छन् ।
गत शुक्रबार अबेर भिषण वर्षा भएपछि बाढीपहिरोको सामान्य चेतावनी भने दिइएको थियो । पहिरोले हजारौ घर, पुल, सवारी साधन, रुख ढलाएको तथा बगाएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताउनुभयो । विशाल हिमपहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको उहाँको भनाइ छ ।
राष्ट्रपति सान्तोषले त्यो नदीमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरिपरी बसोवास गर्नेहरुलाई सतर्क रहन भनिए पनि अनपेक्षित बाढी आएको बताउनुभयो ।
उहाँले यस दुःखको घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । “हामी सबै बाढिपहिरो पीडितको साथमा छौं, हामी तपाईहरुको लागि प्राथना गरिरहेका छौं” उहाँले भन्नुभयो ।
कोलम्बियामा बेला बेलामा यस्ता बाढिपहिरोका कारण सयौंको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीहरुले जनाएका छन् ।
गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमापर्ने इल टम्बोमा आएको पहिरोमा परी ९ जनाको मृत्युभएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु