बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: ०४:३८ | UK Time: 22:53

बेलायतमा निर्मित ‘हयाप्पी डेज’ को टिजर यस्तो आयो

वीनेपाली
२०७३ चैत २१ गते १०:५२

लन्डन । बेलायतस्थित नेपाली व्यवसायीहरुको ठूलो बजेटमा बनेको फिल्म ‘हयाप्पी डेज’ को टिजर सोमबार सार्वजनिक गरिएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको प्रस्तुति उक्त सिनेमाको ९० प्रतिशत छायांकन बेलायतमै भएको हो । फिल्म सुटिङका लागि प्रियंका कार्की, दयाहाङ राई, सन्जयसहितको टिम झण्डै डेढ महिना बेलायत बसेको थियो । स्कटल्याण्ड, वेल्स, लन्डन र बेलायतका अन्य विभिन्न शहरमा खिचिएको उक्त फिल्म दर्शकहरुले रुचाउने विश्वास निर्मातामध्ये एक बीपी खनालको छ ।

मिलन चाम्स निर्देशित उक्त फिल्म बीपी खनाल, भवानी शर्मा, हिरल जोशी र मिलन चाम्सको लगानीमा बनेको हो । मिलन चाम्स अहिले सफल निर्देशक मानिन्छन् । उनको अघिल्लो फिल्म ‘बीर विक्रम’ सफल भएपछि उनको डिमान्ड पनि बढेको हो ।

हेर्नुस् अफिसियल टिजर

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक