लन्डन । तमुधिं यूकेको तेश्रो कार्यकारिणी बैठक आइतबार सम्पन्न भएको छ । उक्त बैठक यही वर्ष मे २८ मा क्विन्स एभेन्यू, अल्डरसटमा हुन गइरहेको १५ औं गोर्खा कप फुटबल २०१७ बारे विस्तृत छलफलमा केन्द्रित रहयो । बैठकमा स्पोर्टस कोअर्डिनेटर क्याप्टेन पिताम्बर गुरुङ ले सम्पूर्ण तयारीबारे ब्रिफ गरेका थिए । उनले फुटबल प्रतियोगितामा नन भेट्रान र भेट्रान गरि क्रमशः ३२ र ८ टिमले भाग लिने जानकारी दिंदै अमेरिका र हङकङबाट समेत अन्तर्राष्ट्रिय टिम सहभागी गराउन पहल गरिएको बताए ।
बैठक अध्यक्षता गरिरहेका तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप हेर्न १२ देखि १४ हजार दर्शक सहभागी हुने विश्वास व्यक्त गरे । ब्रिफिङका क्रममा अध्यक्षले कडा सुरक्षा, मेडिकल सुविधा एवं सबै खेल एउटै प्रागंणमा हुने अवगत गराए । बिजनेस कोअर्डिनेटर उपाध्यक्ष नन्द गुरुङले १० खाना स्टल र अन्य व्यापारिक स्टल साथै सोधपुछ, पत्रकार एवं लस्ट एन्ड फाउन्ड स्टल गरि ४० वटा रहने जानकारी दिए ।
गोर्खा कपमा आर्मी ब्यान्ड, प्याराजम्प, नेपाली नृत्य र यसपटक फुटबल सेलिब्रेटी टोटेन्हाम फुटबल क्लबका पूर्व क्याप्टेन लेड्ली किङ विशेष आकर्षणका रुपमा रहने बैठकमा जनाइयो ।
ट्राफिक इन्चार्ज हेमसायर इकाइका अध्यक्ष उत्तर गुरुङले आफ्नो टिमले विशेष ट्राफिक व्यवस्थाको तयारी गरेको जनाए । सुरक्षातर्फ लेफटिनेन्ट मुक्ति गुरुङको निगरानीमा ८० देखि १०० जना सेक्युरिटी तैनाथ गरिने र बर्दीका प्रहरीको पनि दिनभर प्याट्रोलिङ हुने जनाइएको छ ।
मौसमले साथ दिए उत्कृष्ट प्रदर्शन हुने जनाउंदै महासचिव कृष्ण गुरुङले अल्डरसटको दोश्रो ठूलो मेलाका रुपमा रसमुर बरो काउन्सिलले अत्यन्त चासोका साथ हेरेको बताए ।
१५० देखि १६० जना स्वयंसेवकका साथ खेलकुद गतिविधिमा संलग्न सबैलाई खाना एवं पानीको व्यवस्था गरिने आमा समूहकी अध्यक्ष प्रेमकुमारी गुरुङ र महासचिव यशोदा गुरुङले बताए ।
करिब २ सय जना विशेष अतिथी उपस्थित हुने लक्ष्य राखिएको यस इभेन्टमा भिआइपी तथा अन्य गन्यमान्य, संघसंस्थाका प्रतिनिधि, पत्रकार एवं स्थानीय व्यापारी, राजनीतिज्ञहरु तथा पाहुनाहरुलाई आतिथ्यबारे मेजर कृष्ण गुरुङले जानकारी दिए ।
बैठकमा मिडिया सेक्रेटेरी रोहित गुरुङले पत्रकार सम्मेलन र गोर्खा कप फुटबलमा पत्रकारहरुलाई निमन्त्रणा सम्वन्धमा जानकारी दिंदै प्रमुख सल्लाहकार डा. चन्द्र गुरुङले दिएको सल्लाह सुझाव मनन गरिने बताए ।
गोर्खा कपमा लाग्ने अनुमानित बजेटको रुपरेखा सम्वन्धमा स्पोर्टस कोअर्डिनेटर पिताम्बर गुरुङ र कोषाध्यक्ष दिपक गुरुङले जानकारी दिए । वातावरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै फोहोर व्यवस्थापनको उपयुक्त व्यवस्था हुने र सम्पूर्ण आगन्तुकहरुलाई यथोचित स्थानमा फोहोर फाली दिएर सहयोग गर्न आव्हान गर्दै १३० वटा पोर्टेवल लुको व्यवस्था गर्न प्रायोजक खोजिने क्याप्टेन तीर्थमान गुरुङले बताए ।
बैठकमा खेलाडीहरु र खेल आचार संहिताबारे लेफ्टिनेन्ट कुसाङ गुरुङ र कुमार गुरुङले स्पष्ट पारेका थिए । गोर्खा कप हुने स्थलको लेआउटका लागि भौतिक व्यवस्थापन लैन्च गुरुङ र जुमकाजी गुरुङले गर्ने जनाइएको छ । बैठकमा आकर्षक पुरस्कारबारे क्याप्टेन पिताम्बर गुरुङले जानकारी दिए ।
अत्यन्त सौहाद्रपूर्ण वातावरणमा भएको उक्त बैठकमा सल्लाहकारहरुलाई स्वागत गर्दै तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले शिव मन्दिर हेमसायरका नवनिर्वाचित अध्यक्ष रोहित गुरुङलाई फेटा र खादा लगाइ मन्दिर निर्माण प्रोजेक्टको सफलताको शुभकामना दिए । अन्तिममा अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिंदै बैठक समापन गरेका थिए ।
तस्विरः मिलन तमु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर