इश्लामाबाद, २० चैत । पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् ।
पञ्जाव प्रदेशमा पर्ने मोहम्मद अलीको स्मृतिस्थलमा भएको घटनामा परी मृत्यु हुने २० जनामध्ये चार जना महिला रहेका छन् । स्मृतिस्थलका रक्षकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
“स्मृतिस्थलका रक्षक ५० वर्षीय अब्दुल वाहीदले आफुलाई मार्न आएको ठानेर उनीहरुलाई नै मारिदिएको हुनसक्छ,” क्षेत्रीय प्रहरी प्रमुख जुल्फीकर हमिदले एएफपीलाई भन्नुभयो ।
उहाँले नियन्त्रणमा लिइएका व्यक्तीहरुमा मानसिक समस्या भएको पनि हुनसक्ने बताउँदै घटनाको बारेमा विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो ।
पञ्जावका मुख्यमन्त्री शाहबाज सरिफले २४ घन्टाभित्रमा अनुसन्धान प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देशन दिनुभएको एक उच्च सरकारी अधिकारीले बताउनुभयो ।
घटना भएको ठाउँ पाकिस्तानमा निकै प्रशिद्ध र धेरै मान्छे जाने ठाउँका रुपमा चिनिन्छि ।
झरफुक गर्ने ठाउँहरुमा कहिले काही केही व्यक्तीहरुको हत्या पाकिस्तानमा बेला बेलामा हुनेगर्दछ, तर यस्तो धेरै जनाको एकैचोटी हत्या भने निकै कम मात्रै हुने गरेको थियो ।
पाकिस्तानका लाखौँ जनताले अहिले पनि झरफुकजस्ता रुढीबादी परम्परामा विश्वास राख्दछन् ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर