इश्लामाबाद, २० चैत । पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् ।
पञ्जाव प्रदेशमा पर्ने मोहम्मद अलीको स्मृतिस्थलमा भएको घटनामा परी मृत्यु हुने २० जनामध्ये चार जना महिला रहेका छन् । स्मृतिस्थलका रक्षकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
“स्मृतिस्थलका रक्षक ५० वर्षीय अब्दुल वाहीदले आफुलाई मार्न आएको ठानेर उनीहरुलाई नै मारिदिएको हुनसक्छ,” क्षेत्रीय प्रहरी प्रमुख जुल्फीकर हमिदले एएफपीलाई भन्नुभयो ।
उहाँले नियन्त्रणमा लिइएका व्यक्तीहरुमा मानसिक समस्या भएको पनि हुनसक्ने बताउँदै घटनाको बारेमा विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो ।
पञ्जावका मुख्यमन्त्री शाहबाज सरिफले २४ घन्टाभित्रमा अनुसन्धान प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देशन दिनुभएको एक उच्च सरकारी अधिकारीले बताउनुभयो ।
घटना भएको ठाउँ पाकिस्तानमा निकै प्रशिद्ध र धेरै मान्छे जाने ठाउँका रुपमा चिनिन्छि ।
झरफुक गर्ने ठाउँहरुमा कहिले काही केही व्यक्तीहरुको हत्या पाकिस्तानमा बेला बेलामा हुनेगर्दछ, तर यस्तो धेरै जनाको एकैचोटी हत्या भने निकै कम मात्रै हुने गरेको थियो ।
पाकिस्तानका लाखौँ जनताले अहिले पनि झरफुकजस्ता रुढीबादी परम्परामा विश्वास राख्दछन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक