वोगाटा (कोलम्बिया), २० चैत । दक्षिणी कोलम्बियामा मुसलधारे बर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २३४ जनाको मृत्युभएको आइतबार स्थानीय रेडक्रस सोसाइटीले बताएको छ ।
बाढी र पहिरोमा परी १०० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने सयौं मानिस विस्तापित बनेका छन् भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।
पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका बताइएको छ ।
दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराँै घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ ।
कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिनुभएको छ । उहाँले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गर्नुभएको छ ।
स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले उक्त विपद्लाई “अकल्पनीय दुःखदायी घटना” भएको बताउनुभएको छ । स्थानीय एक रेडियोसँग उहाँले भन्नभयो, “सयाँै व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका धेरै परिवार छुट्टिएका छन् ।”
उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ ।
निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाइ भइरहेको उद्धारकर्मीले बताएका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल