जकार्ता (इन्डोनेसिया), १९ चैत । इन्डोनेसियामा शनिबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना पहिरोमा वेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले शनिबार बताएको छ ।
पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम गाउँमा गएको पहिरोले ३० घरमा क्षति पुरयाएको छ ।
पहिरोमा परी बेपत्ता भएका मानिसको सङ्ख्याका विषयमा परस्पर मेल नखाने सूचनाहरु बाहिर आएका छन् । यद्यपि घटनास्थलबाट एएफपीले प्राप्त गरेको सूचनामा शनिबार साँझसम्म एक जनाको मृत्यु भएको र २८ जना बेपत्ता भएको बताइएको छ ।
घटनास्थलमा उद्धारका लागि स्थानीय विपद् व्यवस्थापन निकायसहित सेना, प्रहरी र स्थानीय स्वयम्सेवकको सहयोगमा पहिरोपछि पनि खतरामा रहेका केही स्थानीयलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको छ ।
इन्डोनेसियामा पहिरोका कारण बर्सेनि सयौँ मानिसको ज्यान जाने गर्छ । पछिल्लोपटक गत फेब्रुअरीमा बालीमा गएको एक पहिरोमा परी तीन बालबालिका सहित १२ जनाको मृत्यु भएको थियो भने सेप्टेम्बरमा बाढी र पहिरोमा परी झन्डै तीसजनाको पश्चिमी जाभा क्षेत्रको गारुतमा ज्यान गएको थियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित