बग्दाद (इराक), १९ चैत । इराकमा मार्च महिनाभरि भएका आतङ्कवादी आक्रमण, सेना तथा विद्रोही समूहसँग भएका झडपमा गत महिना अर्थात् मार्चमा ५४३ जना इराकी सर्वसाधारणको मृत्यु भएको र ५६१ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घ सहयोग निकायले शनिबार जनाएको छ ।
राष्ट्रसङ्घको उक्त शाखाद्वारा शनिबार जारी गरेको विज्ञप्तिमा उक्त मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्षाकर्मीतर्फको तथ्याङ्क समावेश गरिएको छैन । इराकी सेनाले सेनातर्फको क्षतिबारे सूचना नदिएकाले सेनातर्फ के कतिको मृत्यु भयो र कति घाइते भए भन्ने तथ्याङ्क उपलब्ध हुन नसकेको उक्त संस्थाले जनाएको छ ।
मारिएका प्रायः सबैजना पश्चिमी मोसुलमा सेनाको आतङ्कवाद विरोधी अभियानमा परेका उक्त संस्थाको दाबी छ ।
राष्ट्रसङ्घअन्तर्गतको उक्त संस्थाले इराक द्वन्द्वका कारण सन् २०१६मा छ हजार ८७८ सर्वसाधारणको मृत्यु भएको र १२ हजार ३८८ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल