ब्रसेल्स (बेल्जीयम), १८ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सुरक्षा गठबन्धनका सदस्य राष्ट्रलाई नेटोको सुरक्षा खर्चमा थप योगदान गर्न दावाव दिनुभएको छ ।
टिलरसनले रसिया युक्रेन विरुद्ध ‘आक्रामक’ रहेको भनी ट्रम्प प्रशासनको मस्कोप्रतिको स्वरलाई केही कडा पार्नुभएको छ ।
टिलरसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विश्व नेता सहभागी हुने मे २५ को नेटा सम्मेलनको पूर्वाद्र्धमा नेटोका आफ्ना समकक्षीसँगको भेटमा सो सन्देश प्रवाह गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले भनेजस्तै अमेरिकाले नेटोको सैन्य खर्चमा समानुपातिक रुपमा व्यहोर्न सबै सदस्य राष्ट्रलाई टिलरसनले ब्रसेल्समा भएको उक्त भेटमा आग्रह गर्नुभएको हो ।
टिलससनले सम्मेलनमा यसवर्षको अन्त्यसम्म खर्च समायोजन गर्ने गरी प्रस्ताव लान नेटोका विदेश मन्त्रीसँगआग्रह गर्नुभएको हो ।
नेटा सदस्य राष्ट्रद्वारा सन् २०१४ मा ब्रसेल्समा भएको सम्मेलनमा प्रत्येक सदस्य राष्ट्रले आफ्नो कूल गा्रहस्थ उत्पादनको दुइ प्रतिशत खर्च गर्ने सहमति भएको थियो ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन