ब्रसेल्स (बेल्जीयम), १८ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सुरक्षा गठबन्धनका सदस्य राष्ट्रलाई नेटोको सुरक्षा खर्चमा थप योगदान गर्न दावाव दिनुभएको छ ।
टिलरसनले रसिया युक्रेन विरुद्ध ‘आक्रामक’ रहेको भनी ट्रम्प प्रशासनको मस्कोप्रतिको स्वरलाई केही कडा पार्नुभएको छ ।
टिलरसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विश्व नेता सहभागी हुने मे २५ को नेटा सम्मेलनको पूर्वाद्र्धमा नेटोका आफ्ना समकक्षीसँगको भेटमा सो सन्देश प्रवाह गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले भनेजस्तै अमेरिकाले नेटोको सैन्य खर्चमा समानुपातिक रुपमा व्यहोर्न सबै सदस्य राष्ट्रलाई टिलरसनले ब्रसेल्समा भएको उक्त भेटमा आग्रह गर्नुभएको हो ।
टिलससनले सम्मेलनमा यसवर्षको अन्त्यसम्म खर्च समायोजन गर्ने गरी प्रस्ताव लान नेटोका विदेश मन्त्रीसँगआग्रह गर्नुभएको हो ।
नेटा सदस्य राष्ट्रद्वारा सन् २०१४ मा ब्रसेल्समा भएको सम्मेलनमा प्रत्येक सदस्य राष्ट्रले आफ्नो कूल गा्रहस्थ उत्पादनको दुइ प्रतिशत खर्च गर्ने सहमति भएको थियो ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त