मोगादिसु (सोमालिया), १८ चैत । सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन् ।
संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन् २०१६ को नोभेम्बर पछिका चार महिनामा चार लाख ४४ हजार सोमालियाली नागरिक खाद्यान्न को चरम अभावका कारण शरणार्थी जीवन विताउन बाध्य भएको बताएको हो ।
सन् २०१७ मा सोमालियामा भोकमरीको खतरा रहेको राष्ट्रसङ्घको मानवीय सहयोग निकायले बताएको छ ।
यदी सोमालियामा अप्रिल देखि जुन महिनामा पनि मौसममा सुधार नआए सन् २०१०- ०११ मा जस्तै क्रयशक्तिमा व्यापक कमी आउने छ र मानवीय सहयोगले आधारभूत आवश्यकतलाई सम्बोधन गर्ने गरी व्यवस्था गर्न नसकिएमा भोकमरीले ठूलो जनसङ्ख्या प्रभावित बन्ने राष्ट्रसघको भनाई छ ।
केही विस्थापित मानिस विस्थापित भई खर्चको अभावमा लामो समय चरम गर्मीमा पैदलै शरणार्थी शिविर आइपुग्ने गरेको राष्ट्रसङ्घले बताएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल