लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को एउटा टोली ६ जना स्वयंसेवकसहित यतिखेर लाप्राक पुगेको छ । एनआरएन आइसीसीले निर्माण गरिरहेको गोरखाको लाप्राकस्थित नमुना वस्तीमा श्रमदानका लागि गैर आवासीय नेपाली संघ बेलायतको टिम त्यहां पुगेको हो । अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष हिराधर राई, हिमाल गुरुङसहित काठमाण्डौंबाट ज्यालामा लगिएका ६ दक्ष कामदार छन् । उनीहरुले नमुना वस्तीका लागि काम गरिरहेका छन् ।
उपाध्यक्ष हिराधन राईका अनुसार, एनआरएनए यूकेकै खर्चमा ६ कामदार लाप्राक लगिएको हो । एनआरएनए यूके पदाधिकारी साता दिन त्यहां बसेपनि ६ कामदार अलिक बढि दिन काममा खटिने बताइएको छ ।
एनआरएनए आइसीसीले लाप्राकमा भूकम्प प्रतिरोधी ५९३ वटा घर बनाउन शुरु गरिसकेको छ । हालसम्म एकसय वटा घरको जग खन्ने काम भइसकेको राईले जानकारी दिए । उक्त वस्ती निर्माणमा नेपाल सरकार र नेपाल आर्मीको पूर्ण सहयोग छ । एनआरएनए यूकेले इच्छुक अन्यलाई पनि लाप्राकमा श्रमदान गरिदिन र कामदारका लागि ज्याला जुटाइदिन आग्रह गरेको छ ।
लाप्राक जाने कतिपय गैर आवासीय नेपाली श्रमदान भन्दा पनि सेल्फी र हेलिकप्टर चढेको तस्विर खिचाउन तल्लीन रहेर बेला बेला सामाजिक सञ्जालमा आलोचित हुनु परेपछि संघ त्यसप्रति सचेत पनि छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न