लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को एउटा टोली ६ जना स्वयंसेवकसहित यतिखेर लाप्राक पुगेको छ । एनआरएन आइसीसीले निर्माण गरिरहेको गोरखाको लाप्राकस्थित नमुना वस्तीमा श्रमदानका लागि गैर आवासीय नेपाली संघ बेलायतको टिम त्यहां पुगेको हो । अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष हिराधर राई, हिमाल गुरुङसहित काठमाण्डौंबाट ज्यालामा लगिएका ६ दक्ष कामदार छन् । उनीहरुले नमुना वस्तीका लागि काम गरिरहेका छन् ।
उपाध्यक्ष हिराधन राईका अनुसार, एनआरएनए यूकेकै खर्चमा ६ कामदार लाप्राक लगिएको हो । एनआरएनए यूके पदाधिकारी साता दिन त्यहां बसेपनि ६ कामदार अलिक बढि दिन काममा खटिने बताइएको छ ।
एनआरएनए आइसीसीले लाप्राकमा भूकम्प प्रतिरोधी ५९३ वटा घर बनाउन शुरु गरिसकेको छ । हालसम्म एकसय वटा घरको जग खन्ने काम भइसकेको राईले जानकारी दिए । उक्त वस्ती निर्माणमा नेपाल सरकार र नेपाल आर्मीको पूर्ण सहयोग छ । एनआरएनए यूकेले इच्छुक अन्यलाई पनि लाप्राकमा श्रमदान गरिदिन र कामदारका लागि ज्याला जुटाइदिन आग्रह गरेको छ ।
लाप्राक जाने कतिपय गैर आवासीय नेपाली श्रमदान भन्दा पनि सेल्फी र हेलिकप्टर चढेको तस्विर खिचाउन तल्लीन रहेर बेला बेला सामाजिक सञ्जालमा आलोचित हुनु परेपछि संघ त्यसप्रति सचेत पनि छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा