रियो दि जेनेरियो, १७ चैत । ब्राजिलको मासु १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताउनु भएको छ ।
ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उहाँले बुधबार बताउनु भयो ।
उहाँका अनुसार अल्जेरिया, बाहामास, मेक्सिको, मोरोक्को, कतार, जिम्बाबे लगायतले ब्राजिलको मासु आयातमा पूर्ण रुपमा निषेध गरेका छन् ।
त्यस्तै जापान, स्विजरल्याण्ड, भियतनाम, युरोपेली सङ्घ, दक्षिण अफ्रिका, युएइ, साउदी अरव, क्यानडा र पेरुले ब्राजिलको मासु निर्यात संवन्धी विवादित कम्पनीहरुको मासु आयात नगर्ने निर्णय कायमै राखेका छन् ।
केही समय अगाडी ब्राजिलका केही कम्पनीहरुले म्याद गुज्रिएका र खान नहुने मासु निर्यात गरेको भेटिएपछि ती देशहरुले मासु आयातमा बन्देज लगाएका हुन् ।
ब्राजिलका मासु निर्यात गर्ने २१ ओटा कम्पनीहरुले कृषी मन्त्रालयका अधिकारीहरुलाई ठुलो मात्रामा घुष खुवाएर मासु परिक्षणमा आखा चिम्लीने गराएका थिए ।
उनीहरुले पर्याप्त परिक्षण नगरी मासु निर्यात गरेकाले निर्यात गरिएको मासुको प्याकेटमा खान नहुने मासु भेटिएपछि अहिलेसम्म पनि मासु निर्यातमा बन्देज भएको हो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल