लिमा, १६ चैत्र । राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको पेरुभियन एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भएको छ ।
विमानले भूईं छोइसकेपछि आगलागी भएकाले अग्नी नियन्त्रक दल तत्कालै त्यहाँ पुगी उद्धार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका पनि स्थानीय सन्चार माध्यहरुले जनाएका छन् ।
पेरुभियन एयरलाइन्सको उक्त बोइङ्ग–७३७ विमानमा चालक दलका सदस्य सहित एकसयचालीस जना यात्रु सवार रहेका पनि पेरुको एउटा दैनिक पत्रिका एल कमर्सियोले उल्लेख गरेको छ ।
उक्त विमान गतः मङ्गलबार स्थानीय समयाअनुसार साँझ ५ बजे (नेपाली समय अनुसार बुधबार बिहान सबेरै) जाउजा विमानस्थलमा अवतरण गर्न लागेको थियो ।
घटना भइरहेको समयमै विमानस्थल परिसर बाहिरबाट कोही शोखिनदार ब्यक्तिले खिँचेको भिडियो क्यामेराले दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र यस धुवाँको मूस्लोले यात्रुमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य देखाएको थियो ।
के, कस्ता कारणले विमानमा आगलागी हुन पुगेको हो सो तथ्य तत्काल खुल्न नसकेको पनि जनाइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने