
लन्डन । कमिसनका कारण आर्थिक संकट झेलिरहेको १०५ वर्ष पुरानो संस्था साझा प्रकाशन बचाउन बेलायतस्थित नेपाली श्रष्टा सक्रिय भएका छन् । साझा महाप्रवन्धक डोलेन्द्रप्रसाद शर्मा साक्षी राखेर बेलायतका नेपाली साहित्यानुरागीहरुले साझा प्रकाशन साहित्यिक मञ्च बेलायत गठन गरेका हुन् ।
लन्डनस्थित नेपाली दूतावासमा भएको छलफलपछि राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) संरक्षक रहने गरि साहित्यकार बिकलचन्द्र आचार्यको संयोजकत्वमा मञ्च गठन गरिएको हो । उक्त मञ्चमा बेलायतमा रहेका प्रमुख नेपाली साहित्यिक संस्थाका प्रतिनिधि आवद्ध छन् ।
मञ्चका सदस्यहरुमा जयालक्ष्मी राई, सुरेशजंग शाह, विश्वासदीप तिगेला, सुमलकुमार गुरुङ, डा. रुपक श्रेष्ठ, सुमाया राई, भावना परिस्कृत सुनुवार, देबेन्द्र खेरेस, दुर्गाप्रसाद पोखरेल, डा. सोहन घिमिरे, लारा राई, गोपी सापकोटा र कृष्ण बजगाईं छन् ।
राजनीतिक खिचातानी, कमजोर व्यवस्थापन र बढ्दो ऋणभारले अस्तव्यस्त पुस्तक प्रकाशनको एकमात्र साहित्यिक सरकारी संस्थान अहिले संकटबाट गुज्रिरहेको छ । साझा प्रकाशनलाई सक्दो सहयोग गर्न आफू कटिवद्ध रहेको राजदूत सुवेदीले बताए । साझा प्रकाशन र बेलायती डायस्पोरामा रहेका नेपाली साहित्यकारबीच सम्बन्ध थप सुदृढ बनाउने र साझा प्रकाशनका लागि बेलायतमा वर्षमा एउटा वृहत च्यारिटी कार्यक्रम गर्ने योजना रहेको संयोजक आचार्यले सुनाए ।
सरकारी पहलमा इतिहासमै पहिलोपटक साझाका पुस्तक प्रदर्शनी गर्न लन्डन आएका महाप्रबन्धक शर्माले आफ्ना २६ बुंदे कार्ययोजनाबारे प्रष्टयाउंदै साझा प्रकाशनलाई सबै साहित्यिक मनहरुले अपनत्व महशुस गरिदिन आग्रह गरे । शर्माले अन्य देशमा पनि मञ्च गठन गरि साझालाई मजवुत बनाउने उद्देश्य राखिएको बताए ।
बेलायत अहिले नेपाली साहित्यका लागि उर्वर भूमि बन्दै गएको छ । हालैमात्र नेपाल बेलायत सम्बन्ध स्थापनाको दुई सय वर्षगांठ समापन समारोहमा बेलायतका १६३ जना नेपाली कवि कवयित्रीहरुको संगालो ‘बेलायतमा नेपाली कवि र कविता’ कृति सार्वजनिक गरिएको थियो ।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर