
लन्डन । यूकेमा रहेका लिम्बु महिलाहरुको प्रथम लिम्बु भाषा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता गत २६ मार्च २०१७ का दिन अल्डरसटको एम्पायर ब्याङक्वेट हलमा सम्पन्न भएको छ ।
किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय समिति अन्तर्गत महिला समितिले उक्त कार्यक्रम गरेको हो । हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, लिम्बु गरगहना, लिम्बु मुन्धुम र लिम्बु इतिहास लगायत शिर्षकमा प्रश्न सोधिएको थियो ।
महिलाहरु मात्र प्रतिष्पर्धी रहेका उक्त प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ ग्रेटर लण्डन शाखा प्रथम, वेजिङस्टोक शाखा दोस्रो र रशमोर शाखा तेस्रो भए । लिम्बु महिलाका ११ समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।
दोस्रो चरणको वक्तित्वकला प्रतियोगितामा कोलचेष्टरबाट सानु लिम्बु प्रथम, अक्सफोर्डबाट जानु काम्बाङ दोस्रो र आसफोर्डबाट मनमाया नेम्बाङ तेस्रो भए । वक्तित्वकलामा १० प्रतिष्पर्धी सहभागी थिए ।
चुम्लुङ यूकेका अध्यक्ष काजीमान यक्सो, नेपाल आदिवासी जनजाति महासङ्घ यूकेका अध्यक्ष तुल छन्त्याल र डा. चन्द्र लक्सम्बाले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए । सामूहिक च्याब्रुङ नृत्यबाट शुरु गरिएको कार्यक्रमका प्रश्नकर्ता एवं निर्णायक मण्डलमा गणेश इजम, विमला सेन, खुशी लिम्बु थिए ।
लिम्बु पहिरनमा भेला भएका महिलाहरुले हाजिरी जवाफ प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता लगायत पुरै कार्यक्रम लिम्बु भाषामा गरेका थिए । यस्तो कार्यक्रम यूकेमा पहिलो हो । लिम्बु भाषा नेपालको चौंथो समृद्ध भाषा मानिन्छ र यसलाई किरात सिरिजङ्गा लिपीमा लेखिन्छ ।
चुम्लुङ महिला समितिकी अध्यक्ष युमा लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई मनमाया लिम्बुले लिम्बु भाषामै स्वागत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन महासचिव महेश्वरी नेम्बाङले गरेकी थिइन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न