
चितवनको भरतपुरमा सोमबार राती सम्पन्न पहिलो मिसेस चितवन हुन सफल शुष्मा थापा । साथमा फष्ट रनरअप रेनु तामाङ र सेकेन्ड रनरअपमा आना ढकाल । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर (चितवन), १५ चैत । चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् ।
गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन् ।
एक सन्तानकी आमा उनले ‘योर च्याइस’ अवार्ड र पर्सनालिटी अवार्डसमेत हाता पारिन् । ताजसँगै सुष्माले रु ५० हजार नगद पुरस्कार समेत प्राप्त गरिन् । सो प्रतिस्पर्धामा फस्ट रनरअप रेनु तामाङ भइन् भने सेकेन्ड रनरअपमा आना ढकालले ताज उचालिन् । ताजसँगै उनीहरुले पनि क्रमश रु ३० हजार र रु २० हजार नगद प्राप्त गरे ।
‘मिसेस चितवन २०१७ को प्रतिस्पर्धाले नारी सशक्तिकरणमा कस्तो भूमिका खेलेको छ ?’ पहिलो मिस नेपाल रुवी राणा शाहले लिखित प्रश्न सोधेकी थिइन् । उत्तरमा सुष्माले भनेकी थिइन् ‘यो मिसेस चितवन २०१७ एउटा यस्तो अवसर वा मञ्च हो, जसले नारीभित्र लुकेर तथा गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समय अनुसारको सत्यतालाई सहज अगाँल्न सक्ने जीवनशक्तिका आधारको ऊर्जालाई थप प्रोत्साहन दिन्छ ।
‘फलस्वरुप नारी सशक्तिकरणमा यसको उल्लेखनीय अनि अदुभूत भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ यसअघि निर्णायकको सामाजिक सञ्जाल सोसल नेटवर्कको सकारात्मक र नकारात्मक पक्ष के के हुन् भन्ने प्रश्नमा उनले सहज र सटिक उत्तर दिइन ।
उनले भनिन्, ‘सकारात्मक र नकारात्मक मानिसको प्रवृत्ति हो । जसले जसरी लिन्छ त्यस्तै फल पाउछ । सही तरिकाले सकारात्मक ढङ्गले लियो भने सफलता पाउछ, नकारात्मक हिसाबले लियो भने दुर्घटना निम्त्याउछ ।’
थप प्रष्ट्याउँदै भनिन ‘सकारात्मक पक्षलाई जोड्नुपर्दा हाम्रा प्रियजन्, आफन्त जो देशबाट टाढा रहनुभएको छ, उहाँहरुसँग मिठो कुराकानी, देश विदेशको कुनाकाप्चामा भइरहेको कुरालाई तत्काल जान्न र सचेत हुनसकिन्छ भने, नराम्रो पक्ष भन्नुपर्दा समाजमा कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप हुने खालका क्रियाकलाप, ठगी र जघन्य अपराध र त्यो अपराध गर्ने योजनालाई यसले बढावा दिएको महसुस गरेको छु ।’
कन्फिडेन्ट अवार्ड सुष्मा तामाङ, स्माइल शान्ति शाही, इनोसेन्ट रिता थनेत, चार्मिङ ज्योतिका थापा, डिसप्लिनमा सङ्गीता अर्यालले अवार्ड पाइन । मिसेस क्वाटवाकमा रोजिना प्रधान भइन ।
प्रतिस्पर्धामा २५ देखि ४० वर्ष उमेर समूहका १९ जना आमाहरु सहभागि थिए । तीन सन्तानकी आमासमेत प्रतिस्पर्धामा सहभागी भइन् ।
दुई महिला मीना झा र दुर्गा घिमिरेको प्रयासमा पहिलो मिसेस चितवन २०१७ प्रतियोगिता भएको हो । यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने चितवनका व्यवसायी गुणचन्द्र विष्टले बताउनुभयो । रासस
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा