दुई लाख ७९ हजार लाख इराकी विस्थापित

युद्धका कारण विस्थापित स्थानीय । तस्विरः एपी

संयुक्त राष्ट्रसङ्घ (अमेरिका), १५ चैत । उत्तरी इराकको मोसुल सरहमा पछिल्लो समयमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीका कारण दुई लाख ७९ हजार इराकी जनता विस्थापित भएका छन् ।

राष्ट्रसङ्घका सहायक प्रवक्ता फर्हान हकले सोमबार पत्रकारलाई दिएको जानकारीअनुसार दुई लाख २० हजार इराकी पश्चिमी मोसुलबाट गत फेब्रुअरीदेखि अहिलेसम्म विस्थापित भएका छन् ।

पत्रकार सम्मेलनमा उहाँले विस्थापितलाई आफुले सहयोग निरन्तर गरिरहेको बताउनुभयो ।

पश्चिमी मोसुलबाट विस्थापितहरुलाई स्वास्थ्य सेवाका लागि अधबा र हमाममा अस्पताल स्थापना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

दक्षिणी र पूर्बी मोसुलमा रहेका विस्थापित व्यक्तिलका लागि उपचारको लागि चार ओटा ट्रमा सेन्टर स्थापना गरिएको छ भने चार ओटा फिल्ड अस्पताल पनि परिचालन गरिएको छ ।

इराकी सरकार र इस्लामिक स्टेट (आइएस)को मोसुलमा भीषण लडाइ भइरहेको छ ।

इराकका प्रधानमन्त्री हैदर अल अबादील गत फेब्रुअरी १९ देखि अतिबादी लडाकु विरुद्ध घोषणा गर्नुभएको थियो ।

मोसुलको पश्चिमी क्षेत्रमा साघुरा बाटाहरु र घना बस्ती रहेको छ । जहाँ सात लाख ५० हजारदेखि आठ लाखसम्म जनसङ्ख्या रहेको छ । यो इराकी सेनाका लागि ठुलो चुनौतीका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

इराकको राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरतर्फ पर्ने मोसुल सहर सन् २०१४ को जुनदेखिको नियन्त्रणमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री